Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कर्मचारी कुटपिटको विरोधमा जिराभवानी गाउँपालिकाको कामकाज ठप्प

spot_img
spot_img

मेघराज राय /
जिराभवानी, २० जेठ ।
पर्साको जिराभवानी गाउँपालिकाका कर्मचारीहरु सोमबार देखी कार्यालयको कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन् । कार्यालय सहयोगी श्रीराम पटेललाई स्थानीय केही युवाहरुले कुटपिट गरी घाइते बनाएपछि त्यसको विरोधमा गाउँपालिका कार्यालय र पाँचवटै वडाका कार्यालयका कर्मचारी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार साँझ कार्यालयबाट वीरगन्ज स्थित घर फर्किने क्रममा मोटरसाइकलमा सवार रहेका कार्यालय सहयोगी पटेललाई बाटोमा वडा नम्बर ४ का अशोक दास, राजेश थारु र सञ्जु महतोले मादक पर्दार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए ।
एउटै मोटरसाइकलमा सवार रहेका तीनैजना युवाले सुपौलीस्थित हुलाकी सडकमा पटेल सवार रहेको मोटरसाइकल रोकेर साइड किन नदिएको भन्दै पटेललाई उनकै हेल्मेटले टाउकोमा हिर्काएर घाइते बनाएको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए ।

कुटपिटबाट पटेलको टाउकोमा गहिरो चोट लागेको छ । घाइते पटेलको आइतबार राति सदरमुकाम वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार गरिए पनि निको नभएपछि सोमबार नेशनल मेडिकल कलेजमा उपचार गरिएको गिरीले जानकारी दिए । कुटपिटमा संलग्न तीनैजना युवकलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आइतबार राति नै पक्राउ गरी थुनामा राखेको छ ।

तर आन्दोलनरत कर्मचारीले भने प्रहरी नियन्त्रणमा रहेका तीनैजना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता नगरिए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रमुख प्रशाकीय अधिकृत गिरीका अनुसार कर्मचारी आन्दोलनमा उत्रिएका कारण गाउँपालिका कार्यालयका साथै पाँचवटै वडा कार्यालयको कामकाज सोमबार देखि ठप्प भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...