Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

कर्मचारी कुटपिटको विरोधमा जिराभवानी गाउँपालिकाको कामकाज ठप्प

spot_img
spot_img

मेघराज राय /
जिराभवानी, २० जेठ ।
पर्साको जिराभवानी गाउँपालिकाका कर्मचारीहरु सोमबार देखी कार्यालयको कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन् । कार्यालय सहयोगी श्रीराम पटेललाई स्थानीय केही युवाहरुले कुटपिट गरी घाइते बनाएपछि त्यसको विरोधमा गाउँपालिका कार्यालय र पाँचवटै वडाका कार्यालयका कर्मचारी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार साँझ कार्यालयबाट वीरगन्ज स्थित घर फर्किने क्रममा मोटरसाइकलमा सवार रहेका कार्यालय सहयोगी पटेललाई बाटोमा वडा नम्बर ४ का अशोक दास, राजेश थारु र सञ्जु महतोले मादक पर्दार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए ।
एउटै मोटरसाइकलमा सवार रहेका तीनैजना युवाले सुपौलीस्थित हुलाकी सडकमा पटेल सवार रहेको मोटरसाइकल रोकेर साइड किन नदिएको भन्दै पटेललाई उनकै हेल्मेटले टाउकोमा हिर्काएर घाइते बनाएको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए ।

कुटपिटबाट पटेलको टाउकोमा गहिरो चोट लागेको छ । घाइते पटेलको आइतबार राति सदरमुकाम वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार गरिए पनि निको नभएपछि सोमबार नेशनल मेडिकल कलेजमा उपचार गरिएको गिरीले जानकारी दिए । कुटपिटमा संलग्न तीनैजना युवकलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आइतबार राति नै पक्राउ गरी थुनामा राखेको छ ।

तर आन्दोलनरत कर्मचारीले भने प्रहरी नियन्त्रणमा रहेका तीनैजना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता नगरिए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रमुख प्रशाकीय अधिकृत गिरीका अनुसार कर्मचारी आन्दोलनमा उत्रिएका कारण गाउँपालिका कार्यालयका साथै पाँचवटै वडा कार्यालयको कामकाज सोमबार देखि ठप्प भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...