Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

किशोरीहरुद्वारा चेतनामूलक नाटक प्रदर्शन

spot_img
spot_img

वीरगंज, १९ जेठ ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, प्रसोतिपुरमा विद्यालय भर्नाको लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)को सहयोग र सृजना किशोरी संवाद संजालको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।

विद्यालय बाहिर रहेको वालवालिकाहरुलाई विद्यालय भर्ना गराउन र बेटी पढाउ बेटी बचाउको लागि चेतना जगाउने उद्देश्यले सडक नाटक गरिएको किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए ।

आयोजक संजालकी अध्यक्ष पृति कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जमिला खातुन, संवाद सहयोग समितिकी अध्यक्ष इन्दु देवी यादव, उमा राय माझी लगायतकाले मन्तव्य राखेका थिए ।

शिक्षाको महत्व, आवश्यकता, विद्यालय भर्ना लगायतका बिषयवस्तु समेटिएका नाटक किशोरी संवाद कार्यक्रम अन्तर्गत गठित किशोरी संवाद समुहका किशोरीहरुले आफै प्रदर्शन गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...