Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ठोरी गापा अध्यक्ष श्रेष्ठद्वारा सर्वोचको आदेश अवहेलना

spot_img
spot_img

वीरगंज, १६ जेठ ।
पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल (पि.एल.) श्रेष्ठले सर्वोच अदालतको आदेशलाई अटेरी गरी सेवा केन्द्र सारेका छन । ठोरी गाउँपालिकाको वडा नं. ५, सुवर्णपुरमा रहेको सेवा केन्द्र २०७५ माघ १४ गतेको मन्त्री परिषदको निर्णयले ठोरी ४ ध्याङ्गडाडामा सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा सर्वोच अदालत काठमाण्डौमा परेको रिट निवेदन अनुसार मिति २०७५ चैत १९ गते सेवा केन्द्र यथास्थितीमा राख्न अन्तरीम आदेश जारी गरेको थियो । सोही आदेशको अटेरी गर्दै अध्यक्ष श्रेष्ठले सुर्वणपुरबाट ध्याङ्गडाडामा सेवा केन्द्र सारेको संघर्ष समितिका अध्यक्ष जरी लामाले वताए ।

संघर्ष समितिले बिहिबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष श्रेष्ठले सर्वोचको आदेशलाई ठाडै अवहेलना गरेको जनाएको हो । पत्रकार सम्मेलनमा सर्वोचको आदेश देखाउदै संघर्ष समितिका लामाले गाउँपालिका अध्यक्ष श्रेष्ठले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाए । सर्वोचले तत्कालको लागि सुवर्णपुर मै गाउँपालिकाको सेवा केन्द्र राखन आदेश गरे सो आदेश नमानेको वताए ।

पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष लामाले गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रक्रिया पुरा नगरी सेवा केन्द्र सारेको आरोप समेत लगाए । विधी मिचेर कानुनी प्रक्रिया पुरा नगरी नक्कली माइनेट गरी सेवा केन्द्र सारेको उनको आरोप थियो ।

नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा भएको पत्रकार सम्मेलनमा ठोरी ५ का वडाध्यक्ष रामबहादुर पाख्रिन, वडा सदस्य देव बहादुर बस्नेत, बिरबहादुर लोकचन, संघर्ष समितिका सुन लामा, विमल प्रधान लगायतकाको सहभागिता रहेको थियो ।

अध्यक्ष श्रेष्ठले सर्वोचको आदेश अवहेलना गरेको सम्बन्धमा संघर्ष समितिले पर्साको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र समेत बुझाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...