Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेपाली कांग्रेसको जागरण अभियान जिराभवानीमा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, १५ जेठ ।
नेपाली कांग्रेसको जागरण अभियान बुधबार पर्साको जिराभवानी गाउँपालिकामा सम्पन्न भएको छ । जागरण अभियान अन्तर्गत जिराभवानी २ सेढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुलाह मंसुरले नेपाली कांग्रेस नै जनताको पार्टी भएको दावी गरे ।

नेपाली कांग्रेसले जनताको गुमहराह गर्ने काम कहिले नगरेको वताउदै उनले हालको सरकारको नेतृत्व गरेको नेकपाले जनतालाई गुमहरा गर्ने काम मात्र गरेको आरोप लगाए । कार्यक्रममा उठेको नागरिक्ताको सवालमा वोल्दै मंसुरले नागरिकता सम्बन्धि छुट्टै कानुन जरुरी रहेको धारणा राखे ।

नेपाली कांग्रेसका जिराभवानी गाउँ समितिका संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, नेता जनार्धन सिंह क्षेत्री, प्रदेश सांसद शंकर चौधरी, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, महा समिति सदस्य बृहस्पती श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी, बिरेन्द्र लाल नेपाली, रमेश पाण्डे, कृपासिन्धु चौधरी, किरण सरकार, रेखा चौधरी लगायतकाले मन्तव्य राखेको नेवि संघका सरोज चौरसियाले वताए । कार्यक्रमको संचालन धमेन्द्र पटेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...