Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेसको जागरण अभियान जिराभवानीमा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, १५ जेठ ।
नेपाली कांग्रेसको जागरण अभियान बुधबार पर्साको जिराभवानी गाउँपालिकामा सम्पन्न भएको छ । जागरण अभियान अन्तर्गत जिराभवानी २ सेढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुलाह मंसुरले नेपाली कांग्रेस नै जनताको पार्टी भएको दावी गरे ।

नेपाली कांग्रेसले जनताको गुमहराह गर्ने काम कहिले नगरेको वताउदै उनले हालको सरकारको नेतृत्व गरेको नेकपाले जनतालाई गुमहरा गर्ने काम मात्र गरेको आरोप लगाए । कार्यक्रममा उठेको नागरिक्ताको सवालमा वोल्दै मंसुरले नागरिकता सम्बन्धि छुट्टै कानुन जरुरी रहेको धारणा राखे ।

नेपाली कांग्रेसका जिराभवानी गाउँ समितिका संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, नेता जनार्धन सिंह क्षेत्री, प्रदेश सांसद शंकर चौधरी, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, महा समिति सदस्य बृहस्पती श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी, बिरेन्द्र लाल नेपाली, रमेश पाण्डे, कृपासिन्धु चौधरी, किरण सरकार, रेखा चौधरी लगायतकाले मन्तव्य राखेको नेवि संघका सरोज चौरसियाले वताए । कार्यक्रमको संचालन धमेन्द्र पटेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...