Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

व्यवस्थित वीरगञ्जमा मेरो भूमिका बिषय निबन्ध प्रतियोगिताको पुस्कार वितरण

spot_img
spot_img

वीरगञ्ज, १५ जेठ ।
गणतन्त्र दिवशको उपलक्ष्यमा ब्यवस्थित वीरगञ्ज अभियानले जेठ ११ गते आयोजना गरेको व्यवस्थित वीरगञ्जमा मेरो भूमिका बिषय निबन्ध प्रतियोगिताको आज पुस्कार वितरण गरिएको छ ।

महानगर स्तरीय भएको निवन्ध प्रतियोगितामा कंचन जंघा मा.वी.का आदर्श शिवम कर्ण प्रथम, जि.एच.पी.की रोशनी पटेल द्वितीय र गौतम स्कूलकी प्राची आचार्य तृतिय भएका छन । तिनै जनालाई एक कार्यक्रमका बिच क्रमशः १५ हजार, १० हजार, ५ हजÞर नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको हो ।

यस्तै प्रतियोगितामा चौथौ कादंबरीकी अरसिन कौर, ५ औ त्रिभवन माविका हृदेश पटेल, छैठो मिनीलैंड स्कूलकी रितुल सिंह र सातौ श्री ने.रा.मा.वी.नगवाकी मनीषा कुमारी जैसवाल भएका छन भने चार स्कूलका ४ जनालाई सांत्वना पुरस्कारले पुरष्कृत गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, व्यवस्थित वीरगञ्ज अभियानका अध्यक्षका दिलीप राज कार्की, प्रकाश खेतान, सरोज चौधरी, पत्रकार महासंघ पर्साका सचिव युवराज खड़का, रंजीत पटेल, त्रिजुद्ध माविका प्रअ हरेन्द्र कुर्मी लागयतले पुरस्कार बितरण गरेका थिए ।

त्रिजुद्ध स्कूलको सभकक्षमा भएको कार्यक्रममा महानगरका ४९ वटा मा.वी.र ९३ जना छात्र÷छात्राहरुले भाग लिएको थियो भने ति सबैलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका सहभागी विद्यार्थीहरुले निवन्ध मार्फत राखेका बिचार महानगरपालिकालाई सुझावको रुपमा अनुरोध गर्ने व्यवस्थि वीरगञ्ज अभियानका कार्कीले वताए । कार्यक्रमको सहजिकरण अभियानका सदस्य रियाजÞ आंसारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...