Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

जिराभवानीमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, ११ जेठ ।
पर्साको जिराभवानी गाउँपालिकामा शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा भएको कार्यक्रममा उत्साह जनक रुपमा गाउँवासीको सहभागीता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण लागयतका क्षेत्रमा गरेको कामहरुको बिषयमा आम सर्वसधारणले उठाएका सवालहरुको गाउँपालिकाका अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उष देबी थरुनी, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी लगायतकाले जवाफ दिएका थिए ।

कार्यक्रमको संयोजन संस्था सहयोगी नेपालका तबरेज अहमदले गाउँपालिकामै पुगरेको गरेको नमुना सर्वेक्षण प्रस्तुत गर्दै गाउँपालिकाको कार्य सम्पादन बारे जानकारी गराएका थिए । वडा नं. ३ का अध्यक्ष उमेश कुमार सिंहको अध्यक्षता र गाउँपालिका अध्यक्ष महतो प्रमुख आतिथ्यमा कायक्रम भएको थियो ।

गाउँपालिकाका अध्यक्ष महतो तथा प्रमुख प्रशासकिय अधिकृत गिरीले गाउँपालिकाको तर्फबाट भएको कमि कमजोरीहरुलाई अगामि दिनमा सच्याउँदै लाग्नका साथै गाउँपालिकाको तर्फबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाईने बताए ।

प्रमुख प्रशासकीय अधिकृत गिरिले बिकास निर्माणको कार्यको अनुगम चुस्तदुरुस्त बनाउँने प्रतिबद्धता समेत व्यक्त गरे । सार्वजनिक सुनवाईको सहजिकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...