Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पटेर्वा सुगौलीको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज, ९ जेठ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगि नेपालको आयोजनामा पटेर्वा सुगौली २ गादीको वडा कार्यालयमा भएको गाउँपालिका स्तरिय सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. २ का वडा अध्यक्ष विजय गैरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले गाउँवासीको जिज्ञासा र प्रशनको जवाफ दिएका थिए ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष फरमान मियाँ, वडा नं. ५ का अध्यक्ष मोतीलाल साह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षाने, सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, पत्रकार निरज पिठाकोटे मगर, आशु सर्राफ, गाउँ कार्यपालिका कार्यालयको विभिन्न शाखाका प्रमुख, गाउँ सभा सदस्य लगायत गाउँवासीको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

आर्थिक बर्ष २०७५/०७६ मा सबै पालिकाहरुमा पहिलो सार्वजनिक सुनवाई कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाले नै गरेको वताइएको छ भने गत बर्ष सब भन्दा पहिला जिराभवानी गाउँपालिकाले गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...