Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

बिन्दबासिनीमा प्रमुख प्रशासकिय अधिकृत सरुवा विवाद, कामकाज प्रभावित हुने सम्भावना

spot_img
spot_img

वीरगंज, २९ बैशाख ।
पर्साको बिन्दबासिनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत सुजित साह हुदा पनि निमित प्रमुख प्रशासकिय अधिकृतमा राजेन्द्र बहादुर दासले पदभार ग्रहण गरेका छन । विन्दवासिनी कै ना.सु. दास निमित प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गरेका हुन । एक कार्यक्रमका बिच आइतबार गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) ले ना.सु. दासलाई फुलको माला र अबिरको टिका लागाई पदभार ग्रहण गराए छन ।

अध्यक्ष मोदीका अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गरको छ भने निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दासलाई दिई पठाए पछि पदभार ग्रहण गराइएको हो । प्रशासकिय अधिकृत साहको जिल्ला समन्वय समिति, पर्सामा सरुवा भएको समेत अध्यक्ष मोदीले वताए ।

प्रशासकिय अधिकृत साहले रवाना लिई सकेको बारे बुझदा अहिले नलिएको उनले वताए । प्रमुख प्रशासकिय अधिकृत छदाछदै अक्रो कर्मचारीले निमित प्रमुख प्रशासकिय अधिकृतले पदभार ग्रहण गर्न नियमले मिल्ने जिज्ञाशा राख्दा अध्यक्ष मोदीले त्यो त कानुन आफुलाई थाह नभएको प्रतिक्रिया दिए ।

यता सरुवा बारे आफुलाई केही थाह नभएको प्रमुख प्रशासकिय अधिकृत साहले वताएका छन । काठमाण्डौमा रहेका अधिकृत साहले फोन सम्पर्कमा कुरा गर्दै आफु कार्यालयको कामले काठमाण्डौ आएको बेला एकासी अध्यक्ष जीले गाउँपालिका मै कार्यरत एक जना नासुलाई निमित प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गराउनु भएको सुन्नमा आएको प्रतिकृया दिए । आफु काठमाण्डौबाट फर्के पछि यस बारे बुझेर बताउने उनले वताए । गाउँपालिकाको यस्तो कार्यशैलीले गाउँवासी आश्र्यचकित भएका छन ।

यस्तो कार्यशैलीले गाउँपालिकाको कामकाज प्रभावित हुने गाउँवासीमा चिन्ता बढेको छ । गाउँपालिकाका एक कर्मचारीका अनुसार केही समय पहिला देखी नै प्रमुख प्रशासकिय अधिकृत साह र अध्यक्ष मोदी बिच दुरी बढेको थियो । त्यही भएर अध्यक्ष मोदीले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गराई आफु अनुकुल काम गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत बनाएको हनसक्ने उनले वताए ।

अध्यक्ष मोदीले चाहे अनुसार प्रमुख प्रशासकिय अधिकृत साहले गैर कानुनी काम नगरेका कारण दुरी बढेको ति कर्मचारीको भनाई थियो । साचिकै प्रमुख प्रशासकिय अधिकृत साहको मन्त्रालयले सरुवा गरेको छ भने यस आर्थिक बर्षको विकास निर्माण काम प्रभावित हुने सम्भावना बढेको छ । आर्थिक मसान्तको अन्तिम अन्तिममा आएर मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्नुले असारे विकासको सम्भावना पनि बढेर गएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...