Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

मधवलकी शिवदुलारी देवी वरैनीद्वारा ४ कट्ठा जग्गा दान

spot_img
spot_img

वीरगञ्ज, २७ बैशाख ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलकी शिवदुलारी देवी वरैनीले ४ कट्ठा जग्गा दान गर्नु भएको छ । स्व. पारस नाथ प्रसाद वरैकी श्रीमती वरैनीले विन्दवासनी गाउँपालिका ४ मधवल मै रहेको जग्गा मध्ये चौरसिया (बरई) सेवा समिति वीरगंज १६ पर्सालाई २ कट्ठा र हनुमान मन्दिर विकास समिति विन्दवासिनी ४ इटियाहीलाई २ कट्ठा दान गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ पर्सामा शुक्रबार एक कार्यक्रमका विच दान गरेको जग्गाको लालपुर्जा चौरसिया सेवा समिति र हनुमान मन्दिर विकास समितिलाई हस्तान्तरण गर्नु भयो । वरैनीले दान गरेको जग्गा चौरसिया सेवा समिति र हनुमान मन्दिर विकास समितिलाई नामसारी समेत गरि सक्नु भएको छ ।

सोही जग्गा नामसारी गरेको लालपुर्जा चौरसिया सेवा समितिका अध्यक्ष रामाकान्त प्रसाद चौरसियालाई र हनुमान मन्दिर विकास समितिका सचिव प्रेमचन्द्र चौरसियालाई हस्तान्तरण गर्नु भयो । वरैनीले दान गरेको जग्गाको मूल्य १२ लाख रहेको चौरसिया सेवा समितिका सचिव योगेश्वर प्रसाद चौरसियाले वताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...