Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

अहमदिया संघ नेपालको विश्व शान्ति सम्मेलन सम्पन्न

spot_img
spot_img

काठमाडौं २२ बैशाख ।
अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले विश्व शान्ति सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ ।
नयाँ बानेश्वर स्थित ईन्द्रेणी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद अन्जना विशंखेले हाम्रो हृदयमा साँचो मानविय सहानुभुति र परोपकारको भावना उत्पन्न गराउन सके विभिन्न धर्म, समुदाय बिचमा प्रेम, सदभाव, धार्मिक एकता र सहिष्णुता बढाउन यो सम्मेलन सार्थक हुने विश्वास व्यक्त गर्नु भयो ।

अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायका आध्यात्मिक प्रमुख हजरत मिर्जा मसरुर अहमदले लिएका शान्तिका अभियान सार्थक पार्न आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनु भयो ।

जब हामी एक आपसमा परस्पर मिलेर आफ्नो विचार एवं भावनाहरु व्यक्त गर्दछौं तब हामी सोंचले कटुता, घृणा, परायापन द्वेसभाव अवश्य समाप्त हुनेछ भनि विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सनातन धर्मका विज्ञ डा. चिन्तामणी योगी, मानवअधिकारबादी कपिल श्रेष्ठ, बौध संस्थाका महासचिव कमल भण्डारी, पूर्व न्यायाधिश ग्रिसचन्द्र लाल लगायतकाले शान्ति स्थापनाको लागि आपसी सदभाव एक आपसमा प्रेमको आवश्यकता माथी प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा अहमदिया मुस्लिम जमाअत भारत, भुटान तथा नेपालको प्रमुख नसिम खान, शेराज अहमद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला नेतृ पुनम यादव, अहमदिया संघ नेपालको राष्ट्रिय उपाध्यक्ष मोहमद ईस्माईल मिया, युवा संगठनका अन्सारुल्लाह लगायत १५० जनाको सहभागीता रहेको संघका महासचिव मोहन अहमदले जानकारी दिनु भयो ।

अहमदिया संघ नेपालको राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्वमा भएको कार्यक्रममा नसिम खानले प्रार्थना गराउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...