Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

अहमदिया संघ नेपालको विश्व शान्ति सम्मेलन सम्पन्न

spot_img
spot_img

काठमाडौं २२ बैशाख ।
अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले विश्व शान्ति सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ ।
नयाँ बानेश्वर स्थित ईन्द्रेणी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद अन्जना विशंखेले हाम्रो हृदयमा साँचो मानविय सहानुभुति र परोपकारको भावना उत्पन्न गराउन सके विभिन्न धर्म, समुदाय बिचमा प्रेम, सदभाव, धार्मिक एकता र सहिष्णुता बढाउन यो सम्मेलन सार्थक हुने विश्वास व्यक्त गर्नु भयो ।

अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायका आध्यात्मिक प्रमुख हजरत मिर्जा मसरुर अहमदले लिएका शान्तिका अभियान सार्थक पार्न आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनु भयो ।

जब हामी एक आपसमा परस्पर मिलेर आफ्नो विचार एवं भावनाहरु व्यक्त गर्दछौं तब हामी सोंचले कटुता, घृणा, परायापन द्वेसभाव अवश्य समाप्त हुनेछ भनि विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सनातन धर्मका विज्ञ डा. चिन्तामणी योगी, मानवअधिकारबादी कपिल श्रेष्ठ, बौध संस्थाका महासचिव कमल भण्डारी, पूर्व न्यायाधिश ग्रिसचन्द्र लाल लगायतकाले शान्ति स्थापनाको लागि आपसी सदभाव एक आपसमा प्रेमको आवश्यकता माथी प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा अहमदिया मुस्लिम जमाअत भारत, भुटान तथा नेपालको प्रमुख नसिम खान, शेराज अहमद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला नेतृ पुनम यादव, अहमदिया संघ नेपालको राष्ट्रिय उपाध्यक्ष मोहमद ईस्माईल मिया, युवा संगठनका अन्सारुल्लाह लगायत १५० जनाको सहभागीता रहेको संघका महासचिव मोहन अहमदले जानकारी दिनु भयो ।

अहमदिया संघ नेपालको राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्वमा भएको कार्यक्रममा नसिम खानले प्रार्थना गराउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...