Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

छोटो समयमा लोकप्रिय बन्दै ठोरी गाउँपालिका अध्यक्ष पि.एल. श्रेष्ठ

मेघराज राय/जिराभवानी, २१ बैशाख ।
सानो कद र ठुलो सोच बोकेका काम गर्न फूर्तिलो र जाँगरिलो देखिएका पर्सा ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठले छोटो समयमै जनताको मन जित्न सफल भएका छन । उठेदेखी रात परेसम्म जनताको सेवामै लागेकोले प्रमुख श्रेष्ठको काम गर्ने शैली प्रति कुनै गाउँबासीको गुनासो छैन ।

- Advertisement -

काम लिएर आउने जो सुकै सेवाग्राहीको आदर पूर्वक गुनासो सुन्ने र हुने कुरा तत्कालै सम्बोधन गर्ने उनको आद्त छ । बिकासको कुरामा सवै सचेत र प्रबुद्ध बर्गको उनलाई सहयोग र समर्थन छ । केही सिमित ब्यक्तीले बिरोध गरेपनी उहाँको बिकास अगाडि बिरोधिको बिरोध झुकेको छ ।

काम गर्ने शैलीमा प्रमुख श्रेष्ठ माथि राजनितिक पूर्वाग्रह देखिदैन । गाउँपालिकाका केही जानकार युवाहरूका अनुसार यस्तै गरि जाने हो भने उहाँको लोकप्रियता अझ चुलिदै जान्छ । विकास प्रेमी अध्यक्ष भएर काम गरिरहेकोले होला श्रेष्ठलाई गाउँबासीले डाईनामिक, लोकप्रिय र बिकास पुरुस अध्यक्षको नामले चिनिन्छ ।

ठोरी २ का यादव कुवरले अध्यक्ष साहबको काम गर्ने शैलीले उहाँको कार्य क्षमताको चौतर्फी प्रशंसा भएको बताए । २ बर्षको छोटो अवद्यीमा धेरै योजनाहरू ल्याएर उहाँले जनताको मन जित्नु भएको अर्का स्थानिय माईकल श्रेष्ठको भनाई छ । कार्यकाल सम्हालेपछि सयकडौ योजना ल्याएकोमा सवै योजनाको सम्झौता पुरा भएका छन ।

जुन योजनाहरू यतिवेला संचालनमा छन । शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषी लगायतका बिकास निर्माणका कार्यमा यो प्रगती देखिएको छ । आफ्नो ५ बर्षे कार्यकालमा “समृद्ध सुन्दर ठोरी गाउँपालिका बनाउने उनले प्रण गरेका छन । प्रमुख श्रेष्ठले भने जनहित हुने काम गरेर देखाउने छु । यो मेरो सपना हो ।

भबिस्यमा सहरी ढल व्यवस्थापन योजना चाडै निर्माण गरिने उनको भनाइ छ । गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त बनाउनको लागि अनलाईन सेवा विस्तार गरिएको छ ।, सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थीत बनाउनका लागि पूर्ण बैंकीङ पद्धती, न्यून जनशक्ति तर अधिक विकासका काम वीच देखिएको असमझदारीलाई कम गर्न सफ्टवेयर मार्फत योजनाको सम्पूर्ण काम गर्न गर्ने कार्यक्रम संचालनमा छ ।

यस्तै ठोरी गाउँपालिकाको वडा नं. ५ को बागमोरचा माई मन्दिर परिसरमा बनिरहेको श्री माता बागमोरचा माई मन्दिरलाई सुबिधा समपन्न र आकर्सक निर्माण गर्ने, योजना रहेको बताए । गाउँपालिकाको वडा नं. २ स्थित राईधारालाई थप सौर्न्दर्यकरन गरि पर्यटक स्थल बनाउने योजना रहेको उनले बताए ।

प्रत्येक वडाका खोला किनार वा ब्यब्स्थित ठाउँमा दाह संस्कार गर्ने सुबिधा समपन्न समसान घाट बनाउने पुजा पाठ गर्न मन्दिर, मस्जिद, घाटको सौन्दर्यकरन र बिकासमा जोड दिने थप योजना छ ।

त्यस्तै आगामी आ.व. देखि ठोरी गाउँपालिकालाई व्यवस्थित ग्रामिण सहरको रूपमा रूपान्तरण गर्न प्रत्येक वडामा कम्तिमा ३ किलोमिटर वृक्षारोपण सहितको कालोपत्रे गर्ने, साना र टुक्रे योजनालाई निरूतसाहित गर्दै ठूला प्रकृतीका योजनामा लगानी गर्ने, विश्व बैंकबाट संचालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउने ,कागती र केरा खेती गर्ने किसानलाई नयाँविरूवा तथा प्राङगारिक मलमा सहयोग गर्ने, प्रत्येक वडामा माटोको परिक्षणको आधारमा अर्गा्निक खेती तथा औषधीजन्य वनस्पती लगाउने तयारी भैरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...