Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

छोटो समयमा लोकप्रिय बन्दै ठोरी गाउँपालिका अध्यक्ष पि.एल. श्रेष्ठ

मेघराज राय/जिराभवानी, २१ बैशाख ।
सानो कद र ठुलो सोच बोकेका काम गर्न फूर्तिलो र जाँगरिलो देखिएका पर्सा ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठले छोटो समयमै जनताको मन जित्न सफल भएका छन । उठेदेखी रात परेसम्म जनताको सेवामै लागेकोले प्रमुख श्रेष्ठको काम गर्ने शैली प्रति कुनै गाउँबासीको गुनासो छैन ।

- Advertisement -

काम लिएर आउने जो सुकै सेवाग्राहीको आदर पूर्वक गुनासो सुन्ने र हुने कुरा तत्कालै सम्बोधन गर्ने उनको आद्त छ । बिकासको कुरामा सवै सचेत र प्रबुद्ध बर्गको उनलाई सहयोग र समर्थन छ । केही सिमित ब्यक्तीले बिरोध गरेपनी उहाँको बिकास अगाडि बिरोधिको बिरोध झुकेको छ ।

काम गर्ने शैलीमा प्रमुख श्रेष्ठ माथि राजनितिक पूर्वाग्रह देखिदैन । गाउँपालिकाका केही जानकार युवाहरूका अनुसार यस्तै गरि जाने हो भने उहाँको लोकप्रियता अझ चुलिदै जान्छ । विकास प्रेमी अध्यक्ष भएर काम गरिरहेकोले होला श्रेष्ठलाई गाउँबासीले डाईनामिक, लोकप्रिय र बिकास पुरुस अध्यक्षको नामले चिनिन्छ ।

ठोरी २ का यादव कुवरले अध्यक्ष साहबको काम गर्ने शैलीले उहाँको कार्य क्षमताको चौतर्फी प्रशंसा भएको बताए । २ बर्षको छोटो अवद्यीमा धेरै योजनाहरू ल्याएर उहाँले जनताको मन जित्नु भएको अर्का स्थानिय माईकल श्रेष्ठको भनाई छ । कार्यकाल सम्हालेपछि सयकडौ योजना ल्याएकोमा सवै योजनाको सम्झौता पुरा भएका छन ।

जुन योजनाहरू यतिवेला संचालनमा छन । शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषी लगायतका बिकास निर्माणका कार्यमा यो प्रगती देखिएको छ । आफ्नो ५ बर्षे कार्यकालमा “समृद्ध सुन्दर ठोरी गाउँपालिका बनाउने उनले प्रण गरेका छन । प्रमुख श्रेष्ठले भने जनहित हुने काम गरेर देखाउने छु । यो मेरो सपना हो ।

भबिस्यमा सहरी ढल व्यवस्थापन योजना चाडै निर्माण गरिने उनको भनाइ छ । गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त बनाउनको लागि अनलाईन सेवा विस्तार गरिएको छ ।, सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थीत बनाउनका लागि पूर्ण बैंकीङ पद्धती, न्यून जनशक्ति तर अधिक विकासका काम वीच देखिएको असमझदारीलाई कम गर्न सफ्टवेयर मार्फत योजनाको सम्पूर्ण काम गर्न गर्ने कार्यक्रम संचालनमा छ ।

यस्तै ठोरी गाउँपालिकाको वडा नं. ५ को बागमोरचा माई मन्दिर परिसरमा बनिरहेको श्री माता बागमोरचा माई मन्दिरलाई सुबिधा समपन्न र आकर्सक निर्माण गर्ने, योजना रहेको बताए । गाउँपालिकाको वडा नं. २ स्थित राईधारालाई थप सौर्न्दर्यकरन गरि पर्यटक स्थल बनाउने योजना रहेको उनले बताए ।

प्रत्येक वडाका खोला किनार वा ब्यब्स्थित ठाउँमा दाह संस्कार गर्ने सुबिधा समपन्न समसान घाट बनाउने पुजा पाठ गर्न मन्दिर, मस्जिद, घाटको सौन्दर्यकरन र बिकासमा जोड दिने थप योजना छ ।

त्यस्तै आगामी आ.व. देखि ठोरी गाउँपालिकालाई व्यवस्थित ग्रामिण सहरको रूपमा रूपान्तरण गर्न प्रत्येक वडामा कम्तिमा ३ किलोमिटर वृक्षारोपण सहितको कालोपत्रे गर्ने, साना र टुक्रे योजनालाई निरूतसाहित गर्दै ठूला प्रकृतीका योजनामा लगानी गर्ने, विश्व बैंकबाट संचालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउने ,कागती र केरा खेती गर्ने किसानलाई नयाँविरूवा तथा प्राङगारिक मलमा सहयोग गर्ने, प्रत्येक वडामा माटोको परिक्षणको आधारमा अर्गा्निक खेती तथा औषधीजन्य वनस्पती लगाउने तयारी भैरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...