Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

बहुदरमाईमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, २० वैशाख ।
पर्साको बहुदरमाई नगरपालिकामा पत्रकारिता सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । बहुदरमाई नगरपालिकाको सहयोग र प्रतिक दैनिकको आयोजनामा भएको तालिम सम्पन्न भएको हो । बहुदरमाई नगरपालिकाको कार्यालय बहुअरी पिडरीमा भएको तालिमको उदघाटन नगर उपप्रमुख गायत्री देबीले गरेकी थिइन ।

तालिमका सहभागिहरुलाई प्रशिक्षण दिदै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिक्षानेले समाचार लेख्दा सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिई मात्र लेख्नु पर्ने वताए । उनले भने ‘पत्रकारिता भावनामा वग्नु भएन, कसैले भनेको अधारमा मात्र समाचार लेख्नु भएन’ ।

पत्रकार महासंघ पर्साका सह सचिव आर.के. पटेलले हाल पत्रकारिता अर्कै बाटो तिर जादै गरेको वताए । पत्रकार स्थानिय तहको पक्षधर हैन प्रतिपक्षमा बसी पत्रकारिता गर्नु पर्ने उनको भनाई थियो । उनले पत्रकार प्रहरी र कर्मचारीको पछाडी लाग्नु भएन, समाजको पछाडी लाग्नु पर्ने सहभागिहरुलाई सुझाव दिए ।

प्रतिक दैनिकका सम्पादक खड्गबहादुर श्रेष्ठ (प्रताप) ले पत्रकारिताको लागि अध्ययन जरुरी रहेको वताए । पहिला र अहिलेको पत्रकारितामा धेरै फरक रहेको वताउदै उनले पत्रकारको लागि अध्ययन र प्रशिक्षण जरुरी रहेको वताए ।

पत्रकार महासंघ पर्साका सह सचिव पटेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य प्रतिक दैनिकका सम्पादक श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन प्रतिक दैनिकका पर्सागढी सम्वाददाता नरेश यादवले गरेका थिए ।

sahabhagi_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...