Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बहुदरमाईमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, २० वैशाख ।
पर्साको बहुदरमाई नगरपालिकामा पत्रकारिता सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । बहुदरमाई नगरपालिकाको सहयोग र प्रतिक दैनिकको आयोजनामा भएको तालिम सम्पन्न भएको हो । बहुदरमाई नगरपालिकाको कार्यालय बहुअरी पिडरीमा भएको तालिमको उदघाटन नगर उपप्रमुख गायत्री देबीले गरेकी थिइन ।

तालिमका सहभागिहरुलाई प्रशिक्षण दिदै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिक्षानेले समाचार लेख्दा सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिई मात्र लेख्नु पर्ने वताए । उनले भने ‘पत्रकारिता भावनामा वग्नु भएन, कसैले भनेको अधारमा मात्र समाचार लेख्नु भएन’ ।

पत्रकार महासंघ पर्साका सह सचिव आर.के. पटेलले हाल पत्रकारिता अर्कै बाटो तिर जादै गरेको वताए । पत्रकार स्थानिय तहको पक्षधर हैन प्रतिपक्षमा बसी पत्रकारिता गर्नु पर्ने उनको भनाई थियो । उनले पत्रकार प्रहरी र कर्मचारीको पछाडी लाग्नु भएन, समाजको पछाडी लाग्नु पर्ने सहभागिहरुलाई सुझाव दिए ।

प्रतिक दैनिकका सम्पादक खड्गबहादुर श्रेष्ठ (प्रताप) ले पत्रकारिताको लागि अध्ययन जरुरी रहेको वताए । पहिला र अहिलेको पत्रकारितामा धेरै फरक रहेको वताउदै उनले पत्रकारको लागि अध्ययन र प्रशिक्षण जरुरी रहेको वताए ।

पत्रकार महासंघ पर्साका सह सचिव पटेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य प्रतिक दैनिकका सम्पादक श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन प्रतिक दैनिकका पर्सागढी सम्वाददाता नरेश यादवले गरेका थिए ।

sahabhagi_kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...