Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नारायणी अस्पालमा अख्तियारको छापा

spot_img
spot_img

वीरगन्ज, ११ बैशाख ।
नारायणी अस्पाल वीरगन्जमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा आएको टोलीले अस्पतालमा छापा मारेको हो ।

अस्पतालमा अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएपछि अख्तियारको टोली छापा मार्न पुगेको हो । छापा मार्ने क्रममा सो सम्बन्धमा अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकसँग २ घण्टा जति सोधपुछ गरेको थियो ।

मेडिकल सुपरिटेन्डेन्ट हकमाथि सामान खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । सोही सम्बन्धमा अनुसन्धान गर्न नारायणी अस्पताल पुगेको अख्तियारको टोलीले केही कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...