Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिने व्युटिसियन तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज, १० बैशाख ।
पर्सा जिल्लाको पटेर्वा सुगैली गाउँपालिकामा किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिलने व्युटिसियन तालिम सम्पन्न भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा ब्रिलिएन्ट युवा क्लबको आयोजनामा गरिएको व्युटिसियन तालिम सम्पन्न भएको हो ।

पटेर्वा सुगौली गाउँपालिको वडा नं. ४, सुगौली स्थित रहेको श्री ने.रा.मा.वि. मा संचालित व्युटिसियन तालिमको समापन समारोहमा वोल्दै सहभागिहरुले हालको अवस्थामा दैनिक जिवनमा नभई नहुने सिप व्युटिसियनको भएको वताए । तालिमबाट एक महिनाको दौरान सिखेको सिपले दैनिक जिवनको साथै आयआर्जन गर्न पनि टेवा पुग्ने तालिमकी सहभागि रामशिला चौधरीले वताइन ।

महिलाको लागि जिवनको महत्वपूर्ण थोक सौन्दर्य रहकोले तालिमले हाम्रो जिवनलाई सजिलो वनाएको वताइन । अर्का सहभागि पार्वती देवीले तालिमले आफुहरुको हौसला बढाएको वताइन । तालिमको समापन समारोहमा वोल्दै पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले महिले आफु भित्र भएको सिप, कला प्रस्तुत गर्नु पर्ने वताइन । महिलाहरुमा भएको सिप प्रस्तुत नगरेका कारण महिला पछाडी परेको उनको भनाई थियो ।

त्यसकै लागि गाउँपालिकाले महिला बिशेष कार्यक्रम अन्तर्गत सिप मुलक तालिम संचालन गरेको वताइन । महिलाहरुलाई साना तथा घरेलु उधोग मार्फत आयआर्जनमा अग्रसन गर्न तालिम संचालन गरिएको वताइन । प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले जब सम्म महिलाहरु आफ्नो खुट्टामा उभ दैनन जब सम्म महिलाहरुको विकास नहुने वताए । सिखेको सिपले व्यवसाय गरी आत्म निर्भर बन्नु पर्ने उनको सुझाव थियो ।

ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले तालिमबाट सिखेको सिप व्यवहारमा लागु गरे महिलाहरुको आर्थिक, समाजिक, सांस्कृतिक र राजनितिक विकास हुने वताए । सिपलाई व्यवसायको रुपमा परिणत गरी महिलाहरु आत्म निर्भर बन्नु पर्ने उनको सुभाव थियो । गाउँपालिका अन्तर्गतका सबै वडाका २६ जनाको सहभागिता रहेको व्युटिसियन तालिममा विना दहाल र निलम कुमारीले प्रशिक्षण दिएका थिए ।

तलिमको समापन्न समारोहमा गाउँपालिकाका उर्जा तथा वातावरण अधिकृत निर्मल कुमार सिंह, तालिम स्थल श्री ने.रा.मा.वि. सुगौलीका प्रअ मोहन चौधरी लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन ब्रिलिएन्ट युवा क्लबका शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...