Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण

spot_img
spot_img

वीरगंज ८ बैशाख ।

विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । भलुही, भरवलीया, पुरैनिया लगायतको टोलमै पुगेर शनिवार र आईतवार गरी प्रभावित ५ सय ५५ परिवारलाई कुर्ता, सलवार, शौल वितरण गरेको छ ।

गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित गाउँहरुमा वडा प्रतिनिधिहरुको विशेष उपस्थितिमा सो कपडा वितरण गरिएको हो । सो कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदिया बृद्ध संघका अध्यक्ष हैदर अली, वडा नं. १ का महिला सदस्य सुनरपति देवी, अहमदिया संघका सदस्य सकिर अहमद, इसरायल अहमद, हिजकी अहमद, सकिर आलम, अलिम अहमद, स्थानियबासी, सुरक्षाकर्मी लगायतको सहभागी रहेको थियो ।

“प्रेम सबै लाई गर घृणा कसैलाई नगर” भन्ने मुल नाराका साथ अहम्दिया संघ नेपालले दैविक प्रकोपमा बिगत समय देखि नै सक्दो सहयोग गर्दै आएको छ । बिगतका दिनमा नेपालमा आएको विनासकारी भूकम्पबाट प्रभावितहरुलाई पनि घटनास्थलमै पुगेर राहत वितरण गरेको संस्थाका सचिव मोहन अहमदले बताउनु भयो ।

सो अवसरमा मोबारक अंसारी, मोजामिल मियां, इजहार मिया, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...