Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रधानमन्त्री नआए पछि मुख्यमन्त्रीद्वारा “मानवता संरक्षण सम्मेलन” को उदघाटन

spot_img
spot_img

वीरगंज, ६ बैशाख ।
वीरगञ्ज महानगरपालिकाको वडा नं. १४, बहुअरीमा मुस्लिमहरुको ३ दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” सुरु भएको छ । महामरकजी जमियते अहले हदीस नेपालको आयोजनामा शुक्रबार देखी सुरु भएको सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि उनी नआए पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका छन ।

सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री गद्दीले इस्लामको चाहना शान्ति भएको वताए । इस्लामले शान्ति चाहेको जिकिर गर्दै उनले केही मुस्लिम समुदायका व्यक्तिका कारण नै सबै बदनाम हुने गरेको वताए । समुदायको हेर्ने नजर नै मुस्लिम प्रति अक्रो भएको वताउदै उनले सम्मेलनले त्यस नजरिया चिर्ने तर्फ सोच्नु पर्ने वताए । मुस्लिम समुदायले आफ्नो विकास आफै गर्नु पर्ने उनको भनाई थियो ।

उनले भने ‘राज्यले त मुस्लिम समुदाय प्रति पहिला पनि विभेद गरेको छ, अब पनि गर्ने नै छ’ । त्यही भएर हामीले आफ्नो बारेमा आफै सोच्नु पर्ने जरुरी रहेको छ । मुख्यमन्त्री गद्दीले त्यसको लागि आ आफ्नो छोरा/छोरीहरुलाई पढाउनु पर्ने वताए । उनले भने ‘मुस्लिम समुदायको बिकास साउदी अरब, कतार गएर हुदैन, त्यसको लागि आफ्नै देशमा रोजगार खोज्नु पर्छ’ । अहिलेको प्रमुख आवश्यकता मुस्लिम समुदायको शिक्षा नै भएको उनको भनाई थियो ।

musalim samelan 2_kalikatimes

मरकजी जमियते अहले हदीस नेपाल मौलाना महम्मद हारुन सलफीको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी, प्रतिनिधि सभा सदस्य विमल श्रीवास्तव, प्रदिप यादव, सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनी लगायतकाले मन्तव्य राखेका थिए ।

musalim samelan3_kalikatimes

नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीको व्यवस्थापनमा सुरु भएको सम्मेलनमा देश–विदेशका प्रसिद्ध विद्धानहरू, इस्लाम तथा विभिन्न धर्मका प्रवचकहरू, राजनितिज्ञ, समाजसेवी, बुद्धिजिबी, पदाधिकारिहरू तथा लेखक र इस्लामि कविहरूको उपस्थिति हुने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...