Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

बहुअरीमा तीन दिने “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलनको आयोजना”

spot_img
spot_img

वीरगंज ४ बैशाख ।
वीरगंज महानगरपालिका वडा नं.१४ मा देशमै पहिलो मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन हुने छ । बुधवार पत्रकार सम्मेलनको आयोजनामा मरकजी जमियते अहले हदीस नेपालले यहि बैशाख ६ गते देखी ८ गते सम्म वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” गर्ने भएको जानकारी दिए ।
सम्मेलनका संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६,७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिनु भयो । सम्मेलनमा करिव २ लाख जनसमुदाएको सहभागीता रहने जानकारी दिनु भयो । नेपालका ७७ वटै जिल्ला एवं भारत, बंगलादेश, साउदी अरब, कोयत, दुबई तथा अन्य देशहरु सहभागीता हुने बताउदै अजिजुर्रहमान तुरबत मदनीले भने करिब ४० लाख खर्च हुने बताउनु भयो । आर्थी खर्चा भने मुस्लिम समुदायवाट चँदा संकलन गरीएको बताए । नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीको व्यवस्थापनमा हुन गईरहेको सम्मेलनमा देश–विदेशका प्रसिद्ध विद्धानहरू, इस्लाम तथा विभिन्न धर्मका प्रवचकहरू, राजनितिज्ञ, समाजसेवी, बुद्धिजिबी, पदाधिकारिहरू तथा लेखक र इस्लामि कविहरू को उपस्थिति हुने जनाईएको छ । वीरगंज महानगरपालिकाले शौचाल्य तथा खानेपानीको व्यवस्थापनमा सहयोग गरेको, आफ्नो खेतमा अन्नबाली नलगाइ जग्गा उपलब्ध गराई सहयोग गर्ने सानो पिपरा, ठुलो पिपरा, नयाँ बस्ती, राधेमाई र बहुअरीका स्थानियबासीहरु, श्रमदान गर्ने सम्मपूर्णमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
सम्मेलनको उदघाटन शत्रमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गदी, नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी रहेका छन् । मुस्लिम वल्ड लिगका शेख शाद साउद अल्लहारसी, भारतबाट मौलाना खुर्सिद अहमद मदनी, बंगलादेशबाट प्रो. सहादुल ईस्लाम, श्रीलंकाबाट महम्मद मुम्ताज, युकेबाट जफरुल हसन लगायतको सहभागीता हुने बताउनु भयो ।
पत्रकार सम्मेलनमा मौलाना महम्मद हारुन सलफीले इस्वी सम्व १९८९ मास्थापना भएको संस्था “मरकजी जमियते अहले हदीस नेपाल“ स्थापनाकाल देखि नै आफ्नो उद्देश्य र लक्ष्य प्रति सफलता प्राप्त गर्न निरन्तर प्रयासरत गरदै आएको जानकारी दिनु भयो ।
नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीका अध्यक्ष खालिद अंसारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शम्सेद अख्तर, समाजसेवी अबुलखैर अंसारी लगायत स्थानियबासीहरुको सहभागीताका रहेको थियो । कार्यक्रमको सञ्चालन सम्मेलनका मिडिया संयाजक एसएम जहाँगस्तले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...