Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

उद्दारमा लागेकाहरुलाई सचिव साहद्वार बिदाई

spot_img
spot_img

वीरगंज : अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिव सुर्य नारायण साहको नेतृत्वमा रहेको टोलिले उद्दार तथा श्रमदान कार्य सकेको छ । हावाहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै प्रभावित क्षेत्रमा साह आफ्नो टोलि सहित पुगेका थिए ।

पहिलो दिन अर्थात सोमबार बारा पुगेका साह दिनभर अवलोकनमा ब्यस्त रहे । अवलोकन पछी आफ्नो संगठनका केन्द्रिय सदस्यहरु र जिल्ला नेताहरु लाई उद्दारमा लाग्न निर्देशन दिएका थिए । साहले देशभरी बाट सहयोग गर्नेलाई आफ्नो संगठनका नेताहरु मा अपिल समेत गरे र उनको अपिल पछाडि देशको १७ जिल्लाहरु बाट सहयोग ल्याउन ऊनी सफल भए । सहयोग आउने साथ उनी प्रभावित क्षेत्रमा पुगेका थिए ।

भर्वलियामा क्याम्प राखेर उद्दार कार्यलाइ निरन्तर अघि बढाएका थिए। उद्दार कार्य अन्तरगत साहको टोलिले सरसफाइ , भतकेको संरचनाको पुर्ण बेवास्थापन , शौचालय मर्मत एवम पुर्ण निर्माण , खाद्यान्नय सामग्री वितरण , खेलकुद एवम अद्ययन सामाग्री वितरण , एसइइ विद्यार्थीहरु लाई परिक्षा केन्द्रिय सम्म पुर्याउने लगायत गरेका थिए । सचिव साहको पहलमा प्रदेश २ का ८ वटै जिल्ला , काठमाडौ , मकवानपुर , कास्की , म्याग्दी , सिन्धुपाल्चोक , मोरङ , रुपन्देही लागायतको जिल्ला बाट श्रमदन गर्न विद्यार्थी नेताहरु पुगेका थिए ।

केन्द्रिय सचिव साहको नेतृत्वमा उद्दार कर्यमा श्रमदान गर्न अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ल , अध्यक्ष रन्जित तामाङ , उपाध्यक्ष दिपेश पुन , अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य , महासचिव एन महर , केन्द्रिय सचिव आरति लामा र केन्द्रिय सदस्यहरु को विशेष उपस्थिति रहेको थियो ।

उद्दार कार्यमा विशेष भुमिका अनेरास्ववियुका केन्द्रिय सचिव आरती लामाको पनि थियो । आराती लामाले अनेरास्ववियुका नेता कार्यकर्ताहरु सङ समन्वय गरि उद्दारलाई अधि बढाएकी थिन । उद्दार कार्यको अन्तमा देशभरि बाट श्रमदान गर्न आएका नेता कार्यकर्ताहरु लाई ने.क.पा का नेता उमेश कुशवाहाले धन्यवाद दिदै विधाइ गरेका थिए। देशभरी बाट आएका नेताहरु लाई धन्यवाद र आउने दिनमा सम्मान गरिने समेत सचिव साहले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...