Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा कुखुराको चल्ला बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज भन्सार मुल गेट स्थित रहेको सशस्त्र प्रहरी बल गुल्मले ठूलो परिमाणमा कुखराको चल्लाहरु बरामद गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १९, केहुनियबाट मोटर साइकलमा लोड गरी भारतबाट नेपाल तर्फ आउदै गरेको ५१ कार्टुमा रहेको ५ हजार गोटा बोईलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरिक्षक लक्ष्मण प्रसाद यादवको कमाण्डमा खटेको गाडी मोबाइल डिउटी टोलीले शुक्रबार विहान ७ बजेको समयमा सो परिमाणको कुखुरा चल्ला बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी गुल्मका अनुसार बि.आर.५ं एल. ५५३० र बि.आर.२२ जे.०९१९ नम्बरको भारतिय मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको चल्लाहरु सोही स्थानमा छोडी मानिस भागेको अवस्थामा बरामद भएको हो ।

बरामद भएको चल्लाको मुल्य रु २ लाख ५० हजार र मोटरसाइकलको रु ३ लाख गरी जम्मा ५ लाख रहेको प्रहरीले जनाएको छ । बरामद भएको कुखुराको चल्ला खाल्डो खनी आजै नष्ट समेत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...