Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा कुखुराको चल्ला बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज भन्सार मुल गेट स्थित रहेको सशस्त्र प्रहरी बल गुल्मले ठूलो परिमाणमा कुखराको चल्लाहरु बरामद गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. १९, केहुनियबाट मोटर साइकलमा लोड गरी भारतबाट नेपाल तर्फ आउदै गरेको ५१ कार्टुमा रहेको ५ हजार गोटा बोईलर कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरिक्षक लक्ष्मण प्रसाद यादवको कमाण्डमा खटेको गाडी मोबाइल डिउटी टोलीले शुक्रबार विहान ७ बजेको समयमा सो परिमाणको कुखुरा चल्ला बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी गुल्मका अनुसार बि.आर.५ं एल. ५५३० र बि.आर.२२ जे.०९१९ नम्बरको भारतिय मोटरसाइकलमा लोड गरी ल्याउदै गरेको चल्लाहरु सोही स्थानमा छोडी मानिस भागेको अवस्थामा बरामद भएको हो ।

बरामद भएको चल्लाको मुल्य रु २ लाख ५० हजार र मोटरसाइकलको रु ३ लाख गरी जम्मा ५ लाख रहेको प्रहरीले जनाएको छ । बरामद भएको कुखुराको चल्ला खाल्डो खनी आजै नष्ट समेत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...