Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

साझेदारी वनमा महिला सहभागीता बारे अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन समितीहरुका लागी साझेदारी वनमा महिला सहभागीताको अवस्था बारे १ दिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगंजमा सम्पन भएको छ । वन तथा बातावरण मन्त्रालयको सहयोगमा र जिल्ला वन कार्यालय पर्साको आयोजनामा जिल्ला वन कार्यालय बिरगंजको सभाहालमा कार्यक्रम भएको थियो ।

सबैया साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा वन तथा वातावरण मंत्रालयकी उप सचिव बिन्दु कुमारी मिश्रले पर्सा जिल्लामा वनमा महिलाको सहभागीता बढाउन कुनै कसर बाकी नराख्न बताइन । महिला सहभागीता बढे आर्थिक उन्नती, बातावरणमा सुधार, समाजिक विकास लगायत अन्य विकासमा सहयोग हुने कुरामा जोड उनले जोड दिइन ।

कार्यक्रममा साझेदारी ब्यवस्थापनका पदाधिकारीहरुले २ महिनामा अधिकृत र डेफो बदल्ने भएका कारण साmभेदारी फस्टाउन नसकेको गुनासो गरेका थिए । साझेदारी क्रियाशिल भए सिमावर्ती गाउका स्थानियवासीहरुलाई सहयोग मिल्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा नेकपाका किशोरी कुशवाहा, नेपाली कांग्रेसका मनोज यादव, राजपाका कृष्णनन्द पटेल, गादी साझेदारी वन ब्यवस्थापन समितीका संयोजक कृषणमोहन यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा महिलाहरु के कारणले गर्दा सहभागीता हुन नसकेको र समाधानका उपाय बारे अन्तरक्रिया पनि गरिएको थियो । महिलाहरुको अवसरबाट बंचित गरिएको छ, आर्थिक अभाव, समाजिक भेदभाव, घरपरिवारबाट असहयोग, नितीको कमी लगायतका समस्या आएको थियो । सामाधान गर्न चेतनशिल बनाउनु पर्ने, अवसर दिनु पर्ने, सुरक्षाको अनुभुती गराउनु पर्ने, काममा बराबारको बाडफाड गर्नु पर्नेमा जोड दिइएको गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...