Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

साझेदारी वनमा महिला सहभागीता बारे अभिमुखिकरण

वीरगंज । पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन समितीहरुका लागी साझेदारी वनमा महिला सहभागीताको अवस्था बारे १ दिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगंजमा सम्पन भएको छ । वन तथा बातावरण मन्त्रालयको सहयोगमा र जिल्ला वन कार्यालय पर्साको आयोजनामा जिल्ला वन कार्यालय बिरगंजको सभाहालमा कार्यक्रम भएको थियो ।

- Advertisement -

सबैया साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा वन तथा वातावरण मंत्रालयकी उप सचिव बिन्दु कुमारी मिश्रले पर्सा जिल्लामा वनमा महिलाको सहभागीता बढाउन कुनै कसर बाकी नराख्न बताइन । महिला सहभागीता बढे आर्थिक उन्नती, बातावरणमा सुधार, समाजिक विकास लगायत अन्य विकासमा सहयोग हुने कुरामा जोड उनले जोड दिइन ।

कार्यक्रममा साझेदारी ब्यवस्थापनका पदाधिकारीहरुले २ महिनामा अधिकृत र डेफो बदल्ने भएका कारण साmभेदारी फस्टाउन नसकेको गुनासो गरेका थिए । साझेदारी क्रियाशिल भए सिमावर्ती गाउका स्थानियवासीहरुलाई सहयोग मिल्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा नेकपाका किशोरी कुशवाहा, नेपाली कांग्रेसका मनोज यादव, राजपाका कृष्णनन्द पटेल, गादी साझेदारी वन ब्यवस्थापन समितीका संयोजक कृषणमोहन यादव लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा महिलाहरु के कारणले गर्दा सहभागीता हुन नसकेको र समाधानका उपाय बारे अन्तरक्रिया पनि गरिएको थियो । महिलाहरुको अवसरबाट बंचित गरिएको छ, आर्थिक अभाव, समाजिक भेदभाव, घरपरिवारबाट असहयोग, नितीको कमी लगायतका समस्या आएको थियो । सामाधान गर्न चेतनशिल बनाउनु पर्ने, अवसर दिनु पर्ने, सुरक्षाको अनुभुती गराउनु पर्ने, काममा बराबारको बाडफाड गर्नु पर्नेमा जोड दिइएको गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहले बताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...