Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता प्रदेश नं. २ का बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई सम्मान

spot_img
spot_img

वीरगंज, १९ फाल्गुन ।

ग्लोबल बिजनेस कालेज बिरगंज पर्साको आयोजनामा आज ८ औ राष्ट्रिय खेलकुद छनौट प्रतियोगीता २०७५ मा प्रदेश नम्बर २ का  बिजेता पर्साका क्रिकेट खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । ग्लोबल बिजनेस कालेजकी अध्यक्ष निभा दासको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै सांसद प्रदिप यादवले पर्साका खेलाडीहरुलाई राज्यले सदियौ देखी बिभेद गरेका कारण पर्साका खेलाडीहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलाडी बन्न नसकेको आरोप लगाउनु भएको छ ।

पर्साका खेलाडीहरुलाई अवसर दिईयो भने अन्तराट्रिय जगतमा पनि बिजयी हासिल गर्ने क्षमता रहेको दावी गर्नु भयो। आर्थिक अवस्था कमजोर रहुन्जेल खेलाडीहरु धेरै दिन खेल जगतमा टिक्न नसक्ने र चाहिने जति सफल हुन नसक्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यदावले वताउनु भयो ।

पर्सा लगायत राष्ट्रका अन्य खेलाडीहरुको रोजगारीको ग्यारेटी राज्यले गर्नु पर्ने र अबको संसदको बैठकमा खेलाडीहरुको रोजगारीको ग्यारन्टीको लागी आवाज उठाउने बताउनु भयो । कार्यक्र्रमलाई संबोद्धन गर्दै सांसद यादवले अब नारायणी उपक्षेत्रिय अस्पताल राष्ट्रिय स्तरको हुने र एक हप्ता भित्रमा ६० करोडको लागतमा भवनहरु निमार्ण गर्न टेन्डर गरिने बताउनु भयो ।

भवनका लागी बिरगंज महानगरपालिकाले परवानीपुर स्थित रहेको १४ बिगहा जग्गाको सिफारिस गरिसकेको समेत बताउनु भयो । अब नारायणी उपक्षेत्रिय अस्पताल राष्ट्रिय स्तरको हुने र अस्पतालमा मेडिकल सम्बन्धी अध्ययन अध्यापन गराईने यादवले वताउनु भयो ।

सम्मान कार्यकममा पर्साका १५ जना खेलाडीहरुलाई सांसद प्रदिप यादव र ग्लोबल बिजनेस कालेजकी संचालिका निभा दासले मायाको चिन्नो र खादा ओढाई सम्मान गर्नु भएको थियो । कालेजकी संचालिका र आशाराम हास्पीटलकी संचालिका रहेकी समेत निभा दासले सम्मपुर्ण खेलाडीहरुलाई स्वास्थ्य उपचारका लागी सहुलियत कार्ड पनि बितरण गर्नु भयो ।

खेलाडीहरुले १३ वटा रोग सम्बन्धी उपचारमा ५ प्रतिशत देखी २० प्रतिशत सम्म सहुलियत पाउने छन । अब पर्साका टिमले राष्टिय स्तरको खेल खेल्न पाउने भएका छन भने पर्साकै एक खेलाडी रासिद हवारीले अन्तराष्ट्रिय स्तरको हुने अन्डर १९ मा साउथ अफ्रिकामा प्रेक्टीस खेल खेल्न छनौट भएका छन ।

पर्सा टिमका क्याप्टन सुरज पटेलले आफना मन्तब्य राख्दै मेरो बुवा आईशुमा भर्ना रहदा पनि म खेल खेलिरहेको थिए र म बुवाको प्रवाह नगरी खेललाई पा्रथमिक्ता दिएको बताए । पर्साका उधोगीहरुले अरु ठाउमा लगानी गर्ने तर पर्साका खेल तथा खेलाडीहरुमा लगानी नगरेकोले अब पर्सा र पर्साका खेलाडीहरुका लागी लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सह प्रशिक्षक प्रकाश शर्मा, प्रशिक्षक उमेश उपाध्याय, ईश्वर यादव, श्रीराम चौधरी, बरुण चौधरी लगायतकाले मन्तब्य राखेका थिए । सम्मान कार्यक्रममा सांसद प्रदिप यादव, प्रशिक्षक उमेश उपाध्याय, सहप्रशिक्षक प्रकाश शर्मा, पर्साका क्यापटेन सुरज पटेल, पत्रकार जियालाल साहलाई पनि कालेजकी संचालिका निभा दासले टिका र खादा ओढाई सम्मान गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...