Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सखुवा प्रसौनी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

पर्सा, १८ फागुन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखा, बिरगंज युवा समाज, नारायणी उपक्षेत्रीय अस्पताल, केडिया आखा अस्पतालको सहयोगमा र नेपाली सेना (श्री चन्डी प्रसाद गण)को आयोजनामा स्वास्थ शिविर सम्पन्न भएको हो ।

शिविरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, रेडक्रस पर्साकी उपसभापति भगवती चौधरी, रामनगरी उपशाखाका सभापती जदु प्रसाद शाह, रेडक्रस सहायक राजन श्रीवास्तव लगायतकाको उपस्थित रहेको थियो ।

प्र.जि.अ. भट्टराईले प्रत्येक डाक्टरको स्टलमा पुगि सो स्थानमा आएका सेवाग्राहीहरु संग स्वास्थ्य शिबिरबाट प्राप्त हुने लाभको बारेमा सोधपुछ गर्दै डाक्टर एवं चिकित्सकहरु संग पनि उक्त शिविरलाई अझ कसरी प्रभावकारी बनाउन सकिने सोको बारेमा छलफल समेत गरेका थिए ।

sawastha sibir 2_kalikatimesउक्त शिविरबाट एक हजार भन्दाले स्वास्थ्य परिक्षण गराएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी गराए ।  शिविरमा सेवा लिन आउने बिरामी, बालबालिका, वृद्ध, महिलाहरुलाइ रेखदेख एवं कुनै प्रकारको समस्या हुनबाट जोगानको निम्ति रेडक्र्स महुवन उपशाखाका करिब ४० जना स्वयं सेवकहरु समेत परिचालन गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...