Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नगरपालिकाद्वारा छात्राहरुलाई साईकल, भष्टाचार मुक्त बनाए मात्र विकास सम्भव : नेता रिजाल

spot_img
spot_img

पर्सा, ६ फागुन ।
पर्साको पोखरिया नगरपालिकाको वडा नं। ३, बसन्तपुरमा सोमबार एक कार्यक्रमका विच ४० जना छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको छ । नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा र नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अन्तर्गतका कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरुलाई साईलक वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोद्धन गर्दै केन्द्रिय सदस्य रिजालले देशमा भ्रष्टचार फष्टाउदै गए पनि सरकारलाई कुनै प्रवाह नभएको आरोप लगाए । बुढीगण्डकी, हवाईकाण्ड, सुन काण्ड, निर्मला हत्या काण्डामा सरकारको कुनै चासो रहेको रिजालको भनाई थियो । नेकपा, फोरम र राजपाको सलग्नतामा भ्रष्टाचार फष्टाउदै गएको महंगी बढदै गएको उनको आरोप थियो ।

भष्टाचार मुक्त नगरपालिका बनाए मात्र विकास सम्भव रहेको रिजालको धारणा थियो । महिला आरक्षणको छात्राहरुले फाइदा उठाउदै देशको प्रमुख पदमा पनि महिलाहरुले काब्जा गर्नु पर्ने रिजालको भनाई थियो । छात्राहरुलाई विद्यालय जानआउन सजिलो हुनको लागि नगरपालिकाको सहयोमा साईकल वितरण गरिएको वडाध्यक्ष अजय कुमार कलवारले वताए ।

साईकल वितरण कार्यक्रममा नगर उप प्रमुख सलमा खातुन, नेता जनार्धन सिंह क्षेत्री, बशिष्ठ नारायण कुर्मी, बृहस्पती श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, पूर्व सांसद रामेश्वर रौनियार, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इमतियाज आलम, क्षेत्रिय सचिव श्रीकान्त यादव, प्रध्यापक ललन द्विवेदी, वडा नं। ४ का अध्यक्ष लक्ष्मण साह कानु लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...