Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

रंगपुर रेन्जपोष्टमा एक हजार क्युफिट काठ कुहिने अवस्थामा

spot_img
spot_img

वीरगंज, २० माघ ।
ईलाका वन कार्यालय रंगपुर रेन्जपोष्ट, पर्सामा १ हजार क्युफिट काठ कुहिने अवस्थामा पुगेको छ । विभिन्न समयमा पक्राउ गरिएका वा बरामद भएका काठ कुहिने अवस्थामा पुग्दा पनि सम्बन्धीत निकाय मौन रहेको उपभोग्ताहरुले आरोप लगाएका छन । ६ महिना देखी पक्राउ गरिएको काठ र चाटा लगाई राखिएको काठको ब्यवस्थापन नहुदा कुहिने अवस्थामा पुगेको गाद्दीमाई साभेदारी वन उपभोग्ता समितिका सदस्य पुरन यादवले बताए ।

रंगपुर रेन्जपोष्टका कर्मचारीहरु रातभरी जाग्रम वसी पक्राउ गरेको काठ अब नोक्सान हुने अवस्थामा रहेकोले व्यवस्थापन गर्नु पर्ने वन कार्यालयका वनरक्षक दिलबहादुर नेपालीले बताए । २ सय क्युफिट पक्राउ गरिएको काठ र ८ सय फिट चाटा लगाई राखिएको काठ नोक्सान हुन नदिन वनसाझेदारी समिती सित वनका कर्मचारी रामानन्द न्यौपानेले जानकारी गराएका छन ।

न्यौपानेका अनुसार पक्राउ गरिएका काठ, चाटा लगाई राखिएका काठ, सुकेको काठ, लडेको काठलाई उपभोग्ता मार्फत तथा अन्य कुनै उपाय मार्फत व्यवस्थापन गरियो भने चोरी कम हुने, नेपाल सरकारको राजस्वमा बृद्धि हुने, सर्वसाधारण काठ, दाउराको उपभोग्य गर्न पाउने भएकाले अबिलब ब्यवस्थापन गर्नु पर्ने देखिएको छ ।

गाद्दी वन साझेदारी वन ब्यवस्थापन समिती अन्तर्गत भथौडा, बसनपुर, रंगपुर र हरैया रेन्जपोष्टमा लगभग ३ हजार क्युफिट काठ अन्दाजी मूल्य एक करोडको सम्मपति नोक्सान भईरहेको अवस्थामा ब्यवस्थापन गर्न क्रममा आफुहरु रहेको गाद्दीमाई वन साझेदारी समितिका संयोजक कृष्णमोहन यादवले बताए । संयोजक यादवका अनुसार वनलाई जोगाउन र ब्यवस्थापन गर्न काम, कर्तव्य समितिको रहेकोले बिभिन्न उपसमितीहरु बनाई सक्रिय रुपमा काम गर्न शुरु गरिसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...