Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मालपोत कार्यालयका नासु कार्की १० हजार घुससहित पक्राउ

spot_img
spot_img

महाेत्तरी, १९ माघ ।

मालपोत कर्यालय जलेश्वर महोत्तरीका मुद्दा फाँटका नासु ढकबहादुर कार्की १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनसन्धान आयोग बर्दिवासको टोलीले महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट उनलाई पक्राउ गरेको हो।

कार्की उदयपर त्रियुगा नगरपालिका १७ बोक्सेका बासिन्दा हुन्। उनी ज ९ प ४९८६ नम्बरको मोटरसाइकल चढेर सेवाग्राहीसँग घुस लिन पुगेको अख्तियार स्रोतले जनाएको छ।

आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपछि छोरीहरूलाई नामसारी गर्ने क्रममा सर्जमिन मुचुलुका बनाउन उनले घुस मागेका उजुरीकर्ताहरूले बताएका छन्। सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि उनलाई अख्तियारको टोलीले समातेको हो।

उनी डेढ वर्षअघिमात्र सिन्धुली मालपोतबाट सरुवा भएर महोत्तरी आएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...