Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

युरिया मलकाे अभाव

spot_img
spot_img

पर्सा, १३ माघ ।

पर्सामा युरिया मलको अभाव भएको छ । युरिया मल अभाव हुदा पर्साका कृषकहरु गुणस्तरहिन युरिया मल भारतबाट ल्याउन बाध्य भएको कालिकामाई गाउँपालिका वडादनम्बर २ गदियानीका शमशेर राउत गदीले बताउनु भएको छ ।

गेहुबाली,मसुरो, आलु खेती तथा अन्य खेतीका लागी प्रयोग गर्दै आएका युरयिा मल कृषकहरु नपाउदा भारतको रक्सौल, भेलवा, सिक्टा, मैनाटाड, ईनरर्वाबाट पर्सामा युरिया मल भित्रिरहेको कृषकहरु बताएका छन ।

गहुँको वीउ छर्केर एक महिनापछि टुसारो लागेपछि गहुँ खेतमा पानी हाली डि.ए.पी., जिंक सँगै युरिया मल छर्कनु पर्ने भएको बेला वीरगन्ज स्थित कृषि सामाग्री कम्पनीसँग युरिया मल नभएको कारण किसानहरु मर्कामा परेका हुन् । डि.ए.पी. र जिंक मल कम तथा युरिया मल बढि मात्रामा मिसाइ मल छर्कने गरिन्छ ।

कृषि समाग्रीको कम्पनीको युरिया मलको मौज्दात झण्डै ३ सातादेखि सकिएको छ । कम्पनीसँग मौज्दातमा डि.ए.पी. १३ सय मेट्रिक टन, पोटास् १९ सय मेट्रिक टन रहेपनि गहुँ बालीलाई चाहिने मुख्य मल युरिया भने ४६ टन मात्रै छ । गहुँ बालीमा मल छर्ने मुख्य सिजनमा मल नहुँदा किसानहरु बाहिर बजारबाट डेढ तथा दुई गुना बढि मूल्य तिरेपनि चाहेजति मल पाउन सकि रहेका छैनन् ।

कृषि सामाग्री कम्पनीको २५ हजार मेट्रिक टन युरिया मल भारतको विशाखापट्नम बन्दरगाहमा झण्डै डेढ महिनादेखि थन्किएर बसेकोले यहाँ मलको अभाव भएको हो । डेढ महिना अघि बंगालको खाडीमा आएका चक्रवात र त्यसपछि रेल नपाउँदा कम्पनीको सबै मल विशाखापट्नम बन्दरगाहमै थन्किएको हो ।

हाल त्यहाँ ३ वटा रेल्वे ¥याकमा मल लोड भइसकेको र २ वटा रेल वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहका लागि हिँडिसकेको र एक तीन चार दिन भित्र वीरगन्ज आईपुग्ने कम्पनीको सूचना अधिकारी गोरखनाथ केसीले बताए ।

ग्लोबल टेण्डरबाट भारतकै आई.पि.एल. (इन्डियन पोटास् लिमिटेड) कम्पनीले मल आपूर्ति गर्न तेश्रो मुलुकबाट आयात गरि ल्याएको हो । यता साल्ट टे«डिङ्ग कर्पोरेशनले यस अवधिमा केही मल वितरण गरेपनि त्यतीले किसानहरुलाई पर्याप्त हुन सकेको छैन ।

गहुँ बालीका लागि कम्पनीले ३२ हजार ६ सय ८० बोरा युरिया मल वितरण गरि सकेको छ, जसमा पर्सा जिल्लामा मात्रै १ हजार ८ सय बोरा मल वितरण भएको छ । तैपनि किसानहरुले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् ।

 हाल मलको अभाव रहेका बेला किसानले भारतीय मलको मुख ताक्नुपर्ने अवस्था पुनः आएको छ । गहुँ टुसारो लागेको एक महिनापछि गहुँ खेतमा पानी हाली मल छरिएन भने गहुँ उत्पादनमा कमि आउने सम्भावना बढि रहन्छ ।

युरिया मल अबिलम्ब ब्यवस्थापन गर्नु पर्ने सम्बन्धित निकाय संग कषकहरुले मांग गरेका छन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...