Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध र विभिन्न देशको मुद्रा सहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज, २२ पुस ।
वीरगंज १६, भन्सार मुलगेट स्थित रहेको सशस्त्र प्रहरी गुल्मले लागु औष र विभिन्न देशको मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ । भन्सार मुलगेटमा खटेको डियुटी टोलीले आइतबार विहान ८ : २० बजेको समयमा चेकजांच गर्ने क्रममा काभ्रेको पनौती न.पा. ५ बस्ने बर्ष २४ का राम कृष्ण राउतलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेका राउतलाई शरिरमा फिटिङ्ग गरी लुकाई छिपाई ल्याउदै गरेका लागु औषध र बिभिन्न देशको रुपया सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

निजको साथबाट लागु औषध नाइट्रोपाइम १० एमजीको ३ सय ५ गोटा, नेपाली रु १ सय १२, मलेसिया रिङ्गगेट १, कतार रियाल १, चाईनिज यान १, आई.फोन १ थान, सामसुङ्ग कि. प्याड मोबाइल १ थान र मोबाइल चार्जर १ थान फेला परेको सशस्त्र प्रहरी गुल्मले जनाएको छ । पक्राउ परेका राउतलाई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...