Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागुऔषध इन्जेक्सन सहित एक पक्राउ

spot_img
spot_img

वीरगंज, १४ पुस ।
सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले गएराति भारी परिमाणमा प्रतिबन्धित लागूऔषध इन्जेक्सन सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका बिर्ता जेलरोड निवासी ३९ वर्षीय सन्नी मानन्धर रहेका छन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा भन्सार अगाडिबाट मानन्धरलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मानन्धरको साथबाट फेनार्गन ३१० पिस, नुर्फीन ३१० पिस र डाइजोल्याब ३१० पिस गरी इन्जेक्सन ९ सय ३० पिस तथा ५ बोतल कोरेक्स बरामद गरिएको सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती गुल्मका प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए ।

खानतलासीबाट ३० हजार २ सय नेपाली तथा ३ हजार ५ सय ७५ भारतीय रुपैयाँ र दुई थान मोबाइल समेत बरामद गरिएको उपरीक्षक खड्काले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...