Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

अंजु पंत फाउन्डेसनद्वारा ने.रा.मा.वि. महुवनका अपाङ्ग बालबालिकाहरुलाई कमबल सहयोग

spot_img
spot_img

वीरगंज, १७ मंसिर ।
नेपाल अपाङ्ग संघ, पर्साको आयोजनामा पर्साको महुवनमा २७ औं अपाङ्गता दिवस मनाइएको छ । “मलाई गणना गर, समावेश गर” नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चिता भन्दै सखुवा प्रसौनी गाउँपालिकाको महुवनमा एक कार्यक्रमको आयोजना गरी २७ औं अपाङ्गता दिवस मनाइएको हो ।

anju pant 2-kalikatimes
२७ औं अपाङ्गता दिवसको अवसरमा महुवनमा आयोजित कार्यक्रमका अतिथीहरु । तस्बिर : जाकीर हुसेन

अपाङ्ग संघ, पर्साका अध्यक्ष शम्भु प्रसाद पासवानको सभापतित्वमा र पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायिका अंजु पंत, ज्योति सम्राट पुरुषोत्म दुवे, चेली कृषी सहकारीका अध्यक्ष कमला घिमिरे, सुरक्षित ऋण बचत तथा सहकारीका अध्यक्ष रामकुमार घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।

श्री ने.रा.मा.वि. महुवनको प्राङ्गणमा भएको कार्यक्रममा अंजु पंत फाउन्डेसन काठमाण्डौको तर्फबाट २० वटा फाइबर कमबल र ८ वटा ट्रायक सुट समेत वितरण गरिएको थियो । विद्यालयमा रहेका ८ जना अंपाङ्ग बालबालिकाहरुको लागि कमबल र ट्रयाक सुट फाउन्डेसनले सहयोग गरेको हो । यस्तै आइतबार फाउन्डेसनले वीरगंज कारागारमा रहेको समता विद्यालयका विद्यार्थीहरुलाई पनि सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...