Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

अंजु पंत फाउन्डेसनद्वारा ने.रा.मा.वि. महुवनका अपाङ्ग बालबालिकाहरुलाई कमबल सहयोग

spot_img
spot_img

वीरगंज, १७ मंसिर ।
नेपाल अपाङ्ग संघ, पर्साको आयोजनामा पर्साको महुवनमा २७ औं अपाङ्गता दिवस मनाइएको छ । “मलाई गणना गर, समावेश गर” नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चिता भन्दै सखुवा प्रसौनी गाउँपालिकाको महुवनमा एक कार्यक्रमको आयोजना गरी २७ औं अपाङ्गता दिवस मनाइएको हो ।

anju pant 2-kalikatimes
२७ औं अपाङ्गता दिवसको अवसरमा महुवनमा आयोजित कार्यक्रमका अतिथीहरु । तस्बिर : जाकीर हुसेन

अपाङ्ग संघ, पर्साका अध्यक्ष शम्भु प्रसाद पासवानको सभापतित्वमा र पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायिका अंजु पंत, ज्योति सम्राट पुरुषोत्म दुवे, चेली कृषी सहकारीका अध्यक्ष कमला घिमिरे, सुरक्षित ऋण बचत तथा सहकारीका अध्यक्ष रामकुमार घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।

श्री ने.रा.मा.वि. महुवनको प्राङ्गणमा भएको कार्यक्रममा अंजु पंत फाउन्डेसन काठमाण्डौको तर्फबाट २० वटा फाइबर कमबल र ८ वटा ट्रायक सुट समेत वितरण गरिएको थियो । विद्यालयमा रहेका ८ जना अंपाङ्ग बालबालिकाहरुको लागि कमबल र ट्रयाक सुट फाउन्डेसनले सहयोग गरेको हो । यस्तै आइतबार फाउन्डेसनले वीरगंज कारागारमा रहेको समता विद्यालयका विद्यार्थीहरुलाई पनि सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...

मुक्त हरवाचरवा अधिकार मञ्चद्वारा सरकारलाई १० दिने अल्टिमेटम

जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग गर्दै १०...

वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले...