Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

संस्थागत मदर्सा झोलामा चलाउँदै अध्यक्ष प्रयागले भ्रष्टाचार गरेको आरोप

spot_img
spot_img

वीरगंज, १९ कात्तिक । वीरगंज ३ छपकैयामा रहेको मदर्सा बरकतुल उलुमका अध्यक्ष प्रयाग अहमदले गैरकानुनी रुपमा संस्था सञ्चालन गरेपछि विवाद बढेको छ । ११४३ दर्ता नम्बर रहेको मदर्सा २०६५ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएकोमा २०७० सालसम्म संस्थागत अध्यक्ष नैमुद्दिन अंसारीले नियमानुसार सञ्चालन गरेका थिए ।

७० सालमा पदावधि सकिएपछि नैमुद्दिनले निर्वाचीत भएका वर्तमान अध्यक्ष रेयाज अहमद भन्ने प्रयाग अहमदलाई जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत संस्थाको सम्पुर्ण कागजात र हिसाब किताब बुझ बुझारथ गरेका थिए । त्यसयता संस्था सञ्चालन गर्दै आएका प्रयागले संस्थागत नियमलाई लत्याउने र नेपाल सरकारको प्रचलित कानुनलाई समेत धोती लगाएर मनमौजी ढंगले संस्था सञ्चालन गर्दै आएकोले कार्यसमितिकै सदस्यहरु विच नै विवाद बढेको आज वीरगंजमा पत्रकार सम्मेलनमा गरि जानकारी गराइएको छ ।

प्रत्येक वर्ष संस्थाको वार्षिक वाषलात तयारी पारी आन्तरीक राजश्व कार्यालयमा बुझाई सार्वजनिक गर्ने, वार्षिक साधरण सभा गर्ने र प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालय पर्सामा उक्त कागजात पेश गरी नविकरण गर्ने जस्ता कामलाई लत्याएर उनले व्यक्तिगत रुपमा झोलामा संस्था सञ्चालन गरीरहेको सदस्यहरुले आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष प्रयाग र कोषाध्यक्ष कलाम मियाँ ठकुराईको मिलोमतोमा चरम लापरवाहि र भ्रष्टाचार बढेपछि कार्यसमितिका सम्पुर्ण सदस्यहरुले मदर्साका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागिता जनाएका छैन । दुई जनाले मात्रै संस्था सञ्चालन गर्दै आईरहेको पत्रकार समेेलनका सहभाागीलेे आरोप छ ।

कार्यसमितिका पदाधिकारी र स्थानिय अगुवा भद्र भलाद्मी समेतले बारम्बार संस्थालाई नियमपुर्वक चलाउन र हिसाब किताव पारदर्शी राख्न गरेको अनुरोध उनिहरुले लत्याउँदै आउँदा समेत त्यसको नियमनकारी निकाय वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मुकदर्शक बनिरहेको सहभाागिको भनाई थियो ।

प्रयागको कार्यशैलिको विरोधमा विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकामा उजुरी परेको भएपनि कुनै कारवाहि हुन सकेको छैन । सम्बन्धीत निकायले कारवाहि नगर्दा गैरकानुनी काम गर्न अझै हौसीएका प्रयागले स्थानिय स्तरमा हुने भेला तथा छलफलमा समेत हिसाव किताव सार्वजनिक गर्न मानेका छैनन् ।

बढि गरिव, अतिविपन्न र अनाथ बालबालिकाहरु अध्ययन गर्ने उक्त मदर्सामा मुस्लीम समाजको तर्फबाट विभिन्न दान र रकमहरु उपलब्ध हुने गर्दछ । हालसम्म ५० आँै लाख भन्दा बढि भ्रष्टाचार भएको संस्थागत अध्यक्ष नैमुद्दिन अंसारीले पत्रकार सम्मेलनमा बताए ।

बालबालिकाहरुको बृत्ति विकास र अध्ययनका लागि आउने यस्ता सहयोग प्रयागले कोषाध्यक्ष कलाम मियाँ सँगको मिलोमतोमा आफ्नो गोजी भर्दै आएका छन् । प्रशासनले नै कारवाहि नगरेर प्रयागलाई भ्रष्टाचार गर्न उक्साईरहेको स्थानियको बुझाई रहेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष नैमुद्दिन अंसारी, सनउल्लाह मंसुरी, कमरुद्दिन हवारी, महमद्दिन अंसारी, अब्बास मंसुरी, एमामुल हक अंसारी, महम्मद नुरुल, सम्सुद हवारी, नैमुद्धिन हवारी लगाएत स्थानियको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको...

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज...

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली...