Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

संस्थागत मदर्सा झोलामा चलाउँदै अध्यक्ष प्रयागले भ्रष्टाचार गरेको आरोप

spot_img
spot_img

वीरगंज, १९ कात्तिक । वीरगंज ३ छपकैयामा रहेको मदर्सा बरकतुल उलुमका अध्यक्ष प्रयाग अहमदले गैरकानुनी रुपमा संस्था सञ्चालन गरेपछि विवाद बढेको छ । ११४३ दर्ता नम्बर रहेको मदर्सा २०६५ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएकोमा २०७० सालसम्म संस्थागत अध्यक्ष नैमुद्दिन अंसारीले नियमानुसार सञ्चालन गरेका थिए ।

७० सालमा पदावधि सकिएपछि नैमुद्दिनले निर्वाचीत भएका वर्तमान अध्यक्ष रेयाज अहमद भन्ने प्रयाग अहमदलाई जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत संस्थाको सम्पुर्ण कागजात र हिसाब किताब बुझ बुझारथ गरेका थिए । त्यसयता संस्था सञ्चालन गर्दै आएका प्रयागले संस्थागत नियमलाई लत्याउने र नेपाल सरकारको प्रचलित कानुनलाई समेत धोती लगाएर मनमौजी ढंगले संस्था सञ्चालन गर्दै आएकोले कार्यसमितिकै सदस्यहरु विच नै विवाद बढेको आज वीरगंजमा पत्रकार सम्मेलनमा गरि जानकारी गराइएको छ ।

प्रत्येक वर्ष संस्थाको वार्षिक वाषलात तयारी पारी आन्तरीक राजश्व कार्यालयमा बुझाई सार्वजनिक गर्ने, वार्षिक साधरण सभा गर्ने र प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालय पर्सामा उक्त कागजात पेश गरी नविकरण गर्ने जस्ता कामलाई लत्याएर उनले व्यक्तिगत रुपमा झोलामा संस्था सञ्चालन गरीरहेको सदस्यहरुले आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष प्रयाग र कोषाध्यक्ष कलाम मियाँ ठकुराईको मिलोमतोमा चरम लापरवाहि र भ्रष्टाचार बढेपछि कार्यसमितिका सम्पुर्ण सदस्यहरुले मदर्साका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागिता जनाएका छैन । दुई जनाले मात्रै संस्था सञ्चालन गर्दै आईरहेको पत्रकार समेेलनका सहभाागीलेे आरोप छ ।

कार्यसमितिका पदाधिकारी र स्थानिय अगुवा भद्र भलाद्मी समेतले बारम्बार संस्थालाई नियमपुर्वक चलाउन र हिसाब किताव पारदर्शी राख्न गरेको अनुरोध उनिहरुले लत्याउँदै आउँदा समेत त्यसको नियमनकारी निकाय वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मुकदर्शक बनिरहेको सहभाागिको भनाई थियो ।

प्रयागको कार्यशैलिको विरोधमा विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकामा उजुरी परेको भएपनि कुनै कारवाहि हुन सकेको छैन । सम्बन्धीत निकायले कारवाहि नगर्दा गैरकानुनी काम गर्न अझै हौसीएका प्रयागले स्थानिय स्तरमा हुने भेला तथा छलफलमा समेत हिसाव किताव सार्वजनिक गर्न मानेका छैनन् ।

बढि गरिव, अतिविपन्न र अनाथ बालबालिकाहरु अध्ययन गर्ने उक्त मदर्सामा मुस्लीम समाजको तर्फबाट विभिन्न दान र रकमहरु उपलब्ध हुने गर्दछ । हालसम्म ५० आँै लाख भन्दा बढि भ्रष्टाचार भएको संस्थागत अध्यक्ष नैमुद्दिन अंसारीले पत्रकार सम्मेलनमा बताए ।

बालबालिकाहरुको बृत्ति विकास र अध्ययनका लागि आउने यस्ता सहयोग प्रयागले कोषाध्यक्ष कलाम मियाँ सँगको मिलोमतोमा आफ्नो गोजी भर्दै आएका छन् । प्रशासनले नै कारवाहि नगरेर प्रयागलाई भ्रष्टाचार गर्न उक्साईरहेको स्थानियको बुझाई रहेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष नैमुद्दिन अंसारी, सनउल्लाह मंसुरी, कमरुद्दिन हवारी, महमद्दिन अंसारी, अब्बास मंसुरी, एमामुल हक अंसारी, महम्मद नुरुल, सम्सुद हवारी, नैमुद्धिन हवारी लगाएत स्थानियको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...