Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिक वीरगन्जबाट पक्राउ

spot_img
spot_img

वीरगंज १० कात्तिक । हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट पक्राउ गरेको छ। शुक्रबार साँझ वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज भंसारको मूल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ती तीन भारतीय नागरिकलाई हतियार सहित पक्राउ गरेको हो।

ती भारतीयको साथबाट आरपी २२३६५९ नम्बरको ७ दशमलब ६५ एमएम अथवा ०.३२ इन्चको एक एनपीबोर पिष्टल, सोमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्याग्जिनसमेत फेला परेको राजश्व तथा भंसार गस्ती गुल्मका निमित्त गुल्मपति पदम खड्काले बताए।

पक्राउ परेका व्यक्तिहरूमध्ये भारतको पूर्वी चम्पारण मोतिहार जिल्ला रामगढवाका २७ वर्षीय अवधबिहारी प्रसादको साथबाट सो हतियार बरामद भएको हो। उनको सहयोगीको भूमिकामा सोही ठाउँका ३७ वर्षीय उमेश प्रसाद गुप्ता रहेको र ती दुवैलाई लिएर आएको स्कार्पियो चालक सोही ठाउँका ओम प्रकाश पासवानलाई पनि सशस्त्र प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको हो।

उनीहरूसँग फेला परेको हतियार, त्यसमा लाग्ने गोली र म्याग्जिन सहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको राजश्व तथा भंसार गस्ती गुल्मले जनाएको छ ।

बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा चडेर नेपाल आउँदै गरेका उनीहरूले भंसार अगाडि नै गाडी रोकी भंसार अनुमतिपत्र लिने क्रममा शंका लागि चेकजाँच गर्दा सो हतियार त्यसमा लाग्ने गोली र म्याग्जिन फेला परेपछि राजश्व तथा भंसार गस्ती गुल्मले अवैध हतियारसहित तीनै जनालाई नियन्त्रणमा लिएको निमित्त गुल्मपति तथा सशस्त्रका प्रहरी निरिक्षक खड्काले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...