Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 1182

गहवामाइ मन्दिरको स्काउट द्वारा सरसफाइ

0

वीरगंज ,२३,असोज
वीरगंज स्थित रहेको गहवामाई परिसको सरसफाई मंगलबार सम्पन्न भएको छ । दशैको अवसरमा श्री आदर्श माध्यमिक बिधालयका बिद्यार्थीहरुको समुह श्री आदर्श स्काउट दल भन्ने संस्था को सहयोगमा गहवामाई मन्दिरको परिसर सरसफाइ गरेको छ । दलका संयोजक तथा श्री आदर्श माध्यमिक बिधालयका शिक्षक राम अमोद पान्डेको अध्यक्षतामा सरसफाइ भएको छ । कार्यक्रमको क्रममा ग्रीन सिटीबाट जयप्रकाश खेतान र ब्यवस्थित बिरगंजको सयोजक दिलिप राज कार्की लगायतको उपस्तिथि थियो ।

दशै सुरु हुने साथ मन्दिरमा पुजा गर्ने भक्तजनहरुको भिड हुने भएको कारण मन्दिर सफा गर्न पर्ने उदेश्यको साथमा स्काउट दलले सो कार्यक्रमको आयोजना गरेका थिए ।

जिल्लाकै प्रमुख धार्मिक स्थल मानिने यस मन्दिरमा दिनहुँ सयौ र दशैमा लाखौं पुजा गर्नेप ब्यक्तिहरुको घुइचो लाग्ने भएको छ । सफा गर्ने क्रममा मन्दिर परिसरकै वरिपरि रहेको नाला महिनौ देखी सफा नरहेको नाला सफा गरीएको छ ।

 ह्युम पाइप थुपार्ने र थुपार्न दिने दुवैलाइ कार्वाही गर्न सांसद यादवको माग 

1
अस्पताल मै पुगेर घाइतेका परिवारलाई नगद सहयोग गर्दै सांसद यादव ।

घाइते बालिकाहरुलाइ सांसद प्रदीप यादवद्धारा अस्पतालमै पुगेर जनही २५ हजार सहयोग 

वीरगंज, २३ असोज ।

पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको छ ।

काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका पर्साको जीराभवानी गाउपालिका वडा नम्बर १ स्थायी घर भइ हाल वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ आज बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५/२५ हजार रुपैया नगद सहयोग गर्नु भएको हो ।

यादवले उक्त रकम, बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको हो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया आजै प्रदान गरिने काठमाण्डौमा रहेका सांसद यादवले बताउनु भयो ।

यसैगरि सोमबार साँझको घटनामा परि ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका आठ वर्षिय छोरा  रोहीत चौधरीको परिवारलाइ भने आफु वीरगन्ज आए लगत्तै ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले बताउनु भयो ।

यसैबिच आज बिहान एक विज्ञप्ति जारी गर्दै सांसद यादवले सोमबार साँझ भएको दुखद घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ । लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुखद घटना भएकाले यस्को सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने पनि उहाले बताउनु भएको छ ।

त्यहा लापरवाही पुर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र ह्युम पाइप राख्न लगाउने  दुवै पक्षलाइ कार्वाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसंग माग पनि गर्नु भएको छ ।

 

एउटा बिदेशमा बस्ने नेपाली सोध्यो, ” कस्तो छ नेपालमा ?”

1

एउटा बिदेशमा बस्ने नेपाली सोध्यो, ” कस्तो छ नेपालमा?”

मैले प्रतिउत्तरमा भने, “गरिबको जिन्दगी, सहिदको रगत र नारीको इज्जत – सस्तो छ नेपालमा।।”???

प्रभाकर साह

वीरगंज

हृयुम पाइपले किचेर घाइते भएका मध्ये एकको मृत्यु update

0

वीरगंज, २२ असोज ।

बीरगंजको लाल बंगल परिसरमा थुपारिएको हुयुम पाइप पल्टिदा आज सांझ खेल्ने गएका ४ बालबालिका च्यापिएर घाइते भएका मध्य एक जनाको मृत्यु भएको छ ।  घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो । गम्भिर घाईते भएका ८ राेहितकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति सवा आठ बजेतिर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् । त्यसैगरि वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् ।

१० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई सोमबार राति नै एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्की गम्भीर  घाइते वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै शल्यकृया भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यस्तै जिरा भवानी १ का गोविन्द चौधरीका दुई छोरी पनि घाइते भएका छन् । १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ ।

कालिका कन्स्ट्रक्सन प्रा.लि.ले अण्डर ग्राउण्ड नाला निर्माणका लागि बीरगंज महानगरपालिका वडा नम्बर  ९ स्थित लाल बंगला परिसरमा हुयुम पाईप थुपारेर राखेको  छ । हुयुम पाईपको थुप्रो माथि चढेर खेल्ने क्रममा अचानक हुयुम पाईप गुडकिएर खस्दा बालबालिका च्यापिएका थिए ।

महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मुख्यमन्त्री, मृतक परिवारलाई एक एक लाख क्षतिपूर्ति दिने घोषणा

0

जनकपुरधाम,  २२ असोज  ।

मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको ।

झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गर्नु भयो । 

स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उहाँको कथन थियो । 

मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गर्नु भयो । 


प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।

बहुदरमाईको दोस्रो नगर सभा सम्पन्न, ५४ करोड ४२ लाख बराबरको अनुमानित आय प्रस्तुत

0

पर्सा, २२ असोज ।
पर्साको बहुदरमाई नगरपालिकाको दोस्रो नगर सभा आज सम्पन भएको छ । नगरपालिकाका मेयर नितेन्द्र साहको अध्यक्षतामा भएको नगर सभाले ५४ करोड ४२ लाख बराबारको अनुमानित आय प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा प्राप्तहुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, आन्तरिक आय तथा अन्य आय गरी कूल ५४ करोड ४२ लाख अनुमान गरिएको मेयर साहले वताए । आयलाई चालु तथा पूँजीगत शिर्षकमा वाँडफाँड गरी नगरपालिकाले लिएका मुख्य मुख्य नीति तथा योजनालाई बजेटले खामे सम्म समेट्ने प्रयास गरिएको साहले जानकारी गराए ।

बहुदरमाई नगरपािलकाको विकास र सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृर्षि र पुर्बाधार दोस्रो नगर सभाको नारा रहेको छ । आर्थिक बर्ष २०७५/०७६ लागी नगर सभाले शिक्षामा ११ करोड ६१ लख, कृर्षिमा ४७ लाख ३० हजार, पशुमा २८ लाख ७ हजार, वन तथा वातावरणमा २७ लाख ६ हजार, विपत ब्यवस्थापन आर्थिक सहयोग समेतमा २७ लाख, नगर क्षेत्रका सडक, सार्वजनिक सम्मपति मर्मत संम्भार ५५ लाख, खानेपानी सरसफाई ३७ लाख, धर्म संस्कृति, दिवस प्रर्बधन कार्यक्रम ४० लाख, स्वस्थ्य तर्फ ३ करोड ८५ लाख ६१ ह्जार, पुर्वाधार विकास कार्यक्रम २० करोड ५६ लाख ९७ हजार २ सय ४ रुपैया, प्रशासनिक खर्च (कर्मचारी र पद्याधिकारी समेत) ७ करोड २७ लाख, सामाजिक सुरक्षा भता वितरण ५ करोड १५ लाख, सामाजिक समावेशि विकास कार्यक्रम ३३ लाख ६१ हजार लगायतको बजेट पारित गरेको छ ।बजेट निर्माण गर्दा हामीले आर्थिक विकास तथा गरिवीनिवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा योगदान पुर्याउने, सेवाप्रवाह, संस्थागतविकास र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दीगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बहुदरमाई क्षेत्रकाकला र संस्कृतिको पहिचान र प्रबद्र्धन गर्ने, स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोध नगर्ने, जनताको जीवन स्तरमा प्रत्यक्ष फाइदा हुने, आयआर्जन गर्न तथा रोजगारीमा बृद्धि हुने योजनाहरुलाई प्राथमिकता दिएको साहले वताए ।

तलबको मांग गर्दै कालिकामाईका शिक्षकहरु द्वारा गाउँ कार्यपालिकाको कार्यालय घेराउ

0

पर्सा, २२ असोज ।
तलब नपाएका शिक्षकहरु कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय आज घेराउ गरेका छन । गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब भताको माग गर्दै गाउँ कार्यपालिकाको कार्यालय मुडली घेराउ गरेका हुन ।

दशैं नजिकदै जादा पनि २०७५ साउन महिना देखी हाल सम्मका तलब नपाएका शिक्षकहरु आन्दोलित भएका हुन । बिगत केही दिन देखी पटक पटक गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा तलब भताको माग गर्दै आएका शिक्षकहरु तलब नपाए पछि गाउँपालिकाका कार्यालय घेराउ गरेका हुन ।

यस अघि गाउँपालिका अन्तर्गतका १० वटा सामुदायिक बिधालयका सम्मपुर्ण प्रध्यनाध्यापकहरुले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुश्वाहालाई तलब भताको मांग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

अध्यक्ष कुश्वाहाले असोज २१ गते, आइतबार सम्म तलबभता पठाउने वताए पनि तलब नपाएका कारण गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरिएको प्रध्यानाध्यापक आबास मियाँले बताए ।

आन्दोलित शिक्षकहरु संग प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले असोज २५ गते सम्म तलब भता बिधालयको खातामा गई हाल्ने आश्वासन दिए पछि शिक्षकहरु हालको लागि आन्दोलन स्थगित गरेका छन । २५ गते सम्म पनि विद्यालयको खातामा तलब गएन भने फेरी २६ गते देखी कडा आन्दोलन गर्ने चेतावनी शिक्षकहरुले दिएका छन ।