Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 1181

बालबालिका फोहर ठाउँमा विवाहमा लगाइने बेहुलाको टोपी लगाएर रमाउदै

0
बाराको सोवर्ण गाउँपालिकाको एक टोलमा दलित समुदायका बालबालिका फोहर ठाउँमा विवाहमा लगाइने बेहुलाको टोपी लगाएर रमाउदै । तस्विर : प्रणय साह

कालिकामाई गाउँपालिका बिहिबार घेराउ गर्ने संघर्ष समितिको निर्णय

0

वीरगंज, २४ असोज ।
कालिकामाई गाउँपालिकाको वडा नं. २,  भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन गठन भएको संघर्ष समितिको बैठक आज सम्पन्न भएको छ । भेडिहारी बजारमा बसेको बैठकले भोली बिहिबार गाउँ कार्यपालिको कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाले श्री सुकई साह माध्यमिक विद्यालयलाई १० प्लस २ संचालनको लागि अनुमति नदिएकोले गाउँ कार्यपालिको कार्यालय घेराउ गर्ने निर्णय गरिएको संघर्ष समितिका अजय कुशवाहाले वताए । विद्यालयलाई प्लस २ बनाउन अनुमति दिन गाउँपालिकालाई मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि अनुमति नदिएकोले दबाव स्वरुप गाउँ कार्यपालिको कार्यालय घेराउ गर्न निर्णय गरिएको कुशवाहाले वताए ।

बैठकले विद्यालयलाई प्लस २ बनाउन गाउँपालिकाको शिक्षा समितिले गाउँ कार्यापालिकालाई सिफारिस गरिसके पनि सम्बन्धीत वडा नं. २ को वडा अध्यक्षले सिफारिस नगरेका कारण सिफारिस गराउने जिम्मा वडा सदस्य रामजी साह कानुलाई दिएको छ ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा विद्यालयलाई प्लस २ बनाउन अन्तरक्रिया कार्यक्रम,  हस्ताक्षर अभियान संचालन गरिएको थियो । यस्तै गाउँपालिकालाई ज्ञापन पत्र बुझाइए पनि विद्यालय प्लस २ संचालनको लागि अनुमति पाउन सकेको छैन ।

२ महना देखी विद्यालयलाई प्लस २ बनाउन विभिन्न किसिमको दबावको कार्यक्रम हुदै आएको छ ।  गाउँपालिको वोर्डको बैठक बसे पनि विद्यालयलाई प्लस २ बनाउन चुनावी घोषणा पत्रमा समेत प्रतिवद्धता जनाएका गाउँपालिका अध्यक्षका कारण अनुमति दिन निर्णय हुन नसकेको गाउँ कार्यपालिका स्रोतले जनाएको छ ।

बैठकमा ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साह,  स्थानिय अगुवा जमुना चौरसिया,  लालबाबु चौरसिया,  रामाधार साह तेली,  राधाकिशुन प्रसाद चौरसिया,  सुबाष कुशवाहा लगायतकाको उपस्थिती रहेको थियो ।

जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

0

सिमरा, २४ असोज ।

बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।

कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।

घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल र म्यागजिन सहित एक जना पक्राउ

0

वीरगंज, २४ असोज ।
पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिकाको वडा नं. १ बस्ने जुरजोधन हजाराको छोरा अन्दाजी बर्ष २५ को मनोज पासवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको सादापोशाक प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे पासवानलाई मेड इन युएसए लेखिएको एक थान स्वचालित पेस्तवल र एक थान खालि म्यागजिन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नजिकदै गरेको चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना अनुसार खटिएको प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४, फरदवा भुलवाही खोलाको बगरमा चेकजांच गर्ने क्रममा संकास्पद तवरले सुगौली गाउँ देखी निचुटा तर्फ पैदल हिडिरहेको देखि निजलाई रोकी शरिर खानतलासी गर्दा निजको साथबाट लुकाईछिपाई बोकी ल्याएको अवस्थामा पेस्तोल बरामद भए पछि नियन्त्रणमा लिई अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

लाल बंगला घटनाकाेे विषयमा सर्वपक्षीय बैठक, मृतक र घाईते परिवारलाई सहयाेग

0

वीरगञ्ज, २४ असाेज ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारमा सोमबार भएको घटनाको विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय छलफल भएको छ ।

छलफलमा घाइते भई काठमाडांैमा उपचार गराइरहेका दुई बालिकाको उपचारका लागि ठेकेदार कालिका कन्ट्रक्सनले दुई लाख रुपैयाँ उपलब्ध गराएकाे छ भने वीरगंज महानगरपालिकाले पनि मृतकका परिवारलाई सहयाे गरेकाे छ ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत डा. भीष्म कुमार भुषाल सहितकाे टाेलि मृतककाे घर जिराभवानी १, महाधेवपटीमा पुगि रू १ लाख सहयाेग गरेकाे छ ।

यस्तै कालिकाले मृतक बालकका परिवारलाई तत्कालका लागि किरिया खर्च दिने र क्षतिपूर्तिका लागि भने पछि छलफल गरेर रकम दिने सहमति जनाएको छ ।
यस्तै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेकी अर्की बालिकाको उपचार खर्च बेहोर्ने सहमति पनि कालिकाले जनाएको छ ।

छलफलमा लालबंगला परिसरमा राखिएका ह्युम पाइपहरू सकभर त्यहाँबाट हटाउने नभए त्यसको रेखदेखका लागि प्रहरी परिचालन गर्ने सहमति पनि भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको उपस्थितिमा भएको वार्तामा कालिका कन्ट्रक्सनका प्रतिनिधि अर्जुनजंग शाही, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भुसाल, राजनीतिक दलका नेता लगायतको सहभागिता रहेको थियो ।

यसै विच मृतक र घाईतेका स्थानियहरुले प्रमुख जिल्ला अधिकारी लोकलोकनाथ पौडेललाई क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

सोमबारसाँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको रातोबंगलामा कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युमपाइपमा खेल्ने क्रममा गम्भीर घाइते भएका वीरगञ्ज–९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको थियो । घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षीय रोहित राउत चौधरीको मृत्यु भएको हो ।

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन : मुख्यमन्त्री राउत

0

जनकपुरधाम, असोज २३ ।

मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ ।
सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो ।

शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,‘ कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो ।

त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो ।

कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

 

लागु औषध सहित वीरगंजका एक युवक पक्राउ

0

वीरगंज, २३ असोज ।
जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज १५ बस्ने मिथलेश साहको छोरा २४ बर्षका मुरारी झालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ कालो झोला बोकी आइरहेको अवस्थामा चेकजाच गर्दा लागु औषध उइन क्रेक्स १०० एमएलका ५० बोतल र नाईट्रोभेट ६ पतामा १५ पिसको दरले ९० पिस फेला परेको प्रहरीले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २, श्रीसियाबाट सोमबार सांझ ६ बजेको करिबमा झालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी द्वारा चार लाख १८ हजार मूल्य बराबरको कपडा बरामद

0

वीरगंज, २३ असोज ।

सशस्त्र प्रहरीले वीरगञ्जमा कपडा बरामद गरेको छ । रातको समयमा भन्सार छलेर ल्याउँदै गरेको चार लाख १८ हजार ३१ रूपैयाँ बराबर मूल्यको बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरपालिका-६ छपकैया नयाँ बस्ती इलाकाबाट ४ लाख १८ हजार ३१० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको  हो ।

सशस्त्र प्रहरीको वीरगञ्ज भन्सारस्थित गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले सुट, सर्ट पाइन्टका कपडाहरु, टप्स, मोबाईल चार्जर, जुत्ता लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर खड्काले जानकारी दिए ।

ह्युम पाईप घटनाको बिषयमा अखिल र अखिल (क्रान्तिकारी) द्धारा प्रजिअलाई ज्ञपान

0
वीरगंज ,२३ असोज  ।
सतारुढ दल नेपाल कम्युनिष्ठ पाटिको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु पर्साले ह्युम पाईपले च्यापिएर १ जना बालकको ज्यान गएको तथा अन्य ३ जना घाईते भए पछि दोषीलाई कारवाहीको माँग गर्दै पिडित परिवारलाई तुरुन्त राहतको व्यवस्था मिलाउन माँग गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य ईश्ककुमार , महम्द जुबेर आलम र अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई ज्ञापन पत्र बुझाउदै उक्त माँग गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बंगला दरबारमा सोमबार कालिका कन्स्ट्रक्सनले थुपारेको ह्युम पाईपमा खेल्ने क्रममा गम्भिर घाइते भएका वीरगन्ज ९ रानीघाटका चार जना बालबालिका मध्ये एक बालकको मृत्यु भएको छ ।
घाइते भएका चार जना बालबालिका मध्ये बालमुकुन्द राउत चौधरीका छोरा आठ वर्षका रोहीत राउत चौधरीको मृत्यु भएको हो ।
घाइते ३ जना मध्येका वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका छन । भने वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार  भईरहेको छ ।

 

तराई हस्पीटलको रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जना द्वारा रक्तदान

0

वीरगंज, २३ असोज ।
तराई हस्पीटल वीरगंजले आफनो प्रथम वार्षीकोत्सवको अवसर आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ५६ जनाले रक्तदान गरेका छन ।

अस्पताल परिसर मै भएको कार्यक्रममा पुजा पंजियार, अम्बीका रामतेल, तबसुम अंसारी, रिना चौधरी, सर्मिला थपलिया, डा. कृष्ण साह, विशाल महतो, हिरा साह, मुकेश प्रसाद, जितेन्द्र मिश्रा, बिरेन्द्र प्रसाद कुशवाहा, सरोज कुमार गौरो लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

डा. रोशन कुर्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।