Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा अवैध सालको काठसहित पाँच साइकल बरामद, तस्कर फरार

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको वीरगंज महानगरपालिका–३१ स्थित मिलनचोक क्षेत्रबाट अवैध रूपमा कटान गरिएको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ तथा पाँच थान साइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको गाडी मोबाइल टोली तथा सब-डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले आइतबार फुटबल ग्राउण्ड क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार जंगलबाट अवैध रूपमा कटान गरी साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टोलीले काठ फेला पारेको थियो । संयुक्त टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएका थिए ।

बरामद गरिएको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ तथा पाँच थान साइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...