Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सामा अवैध सालको काठसहित पाँच साइकल बरामद, तस्कर फरार

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको वीरगंज महानगरपालिका–३१ स्थित मिलनचोक क्षेत्रबाट अवैध रूपमा कटान गरिएको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ तथा पाँच थान साइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बेल्वाबाट खटिएको गाडी मोबाइल टोली तथा सब-डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले आइतबार फुटबल ग्राउण्ड क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार जंगलबाट अवैध रूपमा कटान गरी साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टोलीले काठ फेला पारेको थियो । संयुक्त टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएका थिए ।

बरामद गरिएको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ तथा पाँच थान साइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...