Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

पर्साका असई शक्ति राम र युवती शर्मिला सामुदायिक वनमा मृत भेटिए

spot_img
spot_img

वीरगंज । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार उनीहरूको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा मौवा रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार वन समितिका सदस्यहरू सल्लाको खोटो संकलन तथा वन अनुगमनका क्रममा पुगेका बेला शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुग्दा दुवै जना छुट्टाछुट्टै पासोमा झुण्डिएको तथा शव अत्यधिक सडिसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवको टाउको र शरीरका केही भाग छुट्टिएर जमिनमा खसेको अवस्था रहेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानबाट बरामद कपडा, कागजात तथा परिवारका सदस्य र आफन्तमार्फत गरिएको पहिचानका आधारमा मृतकहरू शक्ति राम र शर्मिला चौधरी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए । उनी वैशाख १९ गतेदेखि दुई दिनको बिदामा निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रेपलाञ्चोक जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

दुवै जना सम्पर्कविहीन भएपछि शक्तिरामको परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएको थियो । शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...