Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

जलजन्य विपद् उद्धार सम्बन्धी सशस्त्र प्रहरीको सेमुलेशन अभ्यास सम्पन्न

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपालको आयोजनामा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ पिपरा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा नजिक रहेको पोखरी क्षेत्रमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरिएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार वमको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त अभ्यास कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दासहित करिब १५० जनाको सहभागिता रहेको थियो । अभ्यासका क्रममा पानीमा डुबेका व्यक्तिको खोज तथा उद्धार, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार तथा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय सम्बन्धी व्यवहारिक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममार्फत विपद्को समयमा अपनाउनुपर्ने सावधानी तथा उद्धार प्रक्रियाबारे स्थानीयवासी र विद्यार्थीहरुलाई जानकारी गराइएको सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...