Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

संविधान संशोधन बहशपत्र छलफलमा पर्साका तीन युवा आमन्त्रित

spot_img
spot_img

वीरगंज । सरकारले संविधान संशोधनका लागि गठन गरेको “संविधान संशोधन बहशपत्र तयार कार्यदल” ले छलफलका लागि थप २० जना जेनजी (Gen Z) युवाहरुलाई आमन्त्रण गरेको छ । उक्त सूचीमा पर्साबाट तीन जना युवा परेका छन् ।

गत वैशाख ३० गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले थप २० जना जेनजी युवाहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पर्साबाट जेनजी अभियन्ता विशेष साह, अधिवक्ता अनिल साह र अर्जुन साह छनोटमा परेका हुन् ।

कार्यदलका सदस्य सचिव लिलाधर सुबेदीका अनुसार उनीहरुलाई आज (शुक्रबार) साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि बोलाइएको छ ।

संविधान संशोधनका लागि तयार पारिने बहशपत्रमा युवाहरुको धारणा, सुझाव तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जेनजी युवाहरुलाई छलफलमा आमन्त्रण गरिएको सुबेदीले जानकारी दिए ।

सरकारले संविधान संशोधन सम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न क्षेत्रका युवा, विज्ञ तथा सरोकारवालासँग चरणबद्ध रुपमा छलफल गरिरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...