Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

सिम्रौनगढमा पनि महिला, बालबालिका सेवा केन्द्रकाे उद्घाटन

spot_img
spot_img

कलैया । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी साह कलवार तथा पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

बुधबार आयोजित कार्यक्रममा उद्घाटन गरिएको उक्त भवनबाट घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसम्बन्धी मुद्दाका पीडितलाई सहज, गोप्य र प्रभावकारी सेवा उपलब्ध गराइने अपेक्षा गरिएको छ ।

उद्घाटनपछि आईजीपी कार्कीले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले बेलायत सरकारले विभिन्न परियोजनामार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार निर्माण, तालिम तथा समुदायसँगको सहकार्य विस्तारमा महत्वपूर्ण सहयोग गर्दै आएको बताए । उनले नवनिर्मित भवन समयमै सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गरे ।

उनले नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीक भएको उल्लेख गर्दै यसले नागरिकमैत्री सेवा प्रवाहलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा संरक्षणमा केन्द्रले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ थियो ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा मधेश प्रदेश प्रहरीको सक्रियताले उल्लेख्य उपलब्धि हासिल गरेको बताए । उनले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा शून्य सहनशीलता अपनाइएको तथा आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, युएनओपिएसका वरिष्ठ सल्लाहकार तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय कोल्भी बाराका प्रमुख प्रहरी निरीक्षक रन्जन मिश्रले गरेका थिए ।

विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (युएनओपिएस) मार्फत कार्यान्वयन गरिएको उक्त भवन ३ करोड ५१ लाख ४ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

सेवा केन्द्र सञ्चालनमा आएसँगै घरेलु हिंसा, लैङ्गिक हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनाका पीडितलाई एकद्वार प्रणालीमार्फत मनोसामाजिक सहयोग, परामर्श तथा कानुनी सहजीकरणसहितको सेवा उपलब्ध गराइने विश्वास लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...