Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको आईजीपी कार्कीद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सुविधा सम्पन्न भवन उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन् ।

बेलायत सरकारको करिब दुई करोड ४८ लाख रुपैयाँकाे आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवन महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई सुरक्षित, सहज र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै आइजीपी कार्कीले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप प्रभावकारी र पीडितमैत्री बनाउन सहयोग पुग्ने बताए । उनले प्रहरी संगठनको क्षमता अभिवृद्धिका लागि भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै अझै धेरै प्रहरी चौकी भवनविहीन अवस्थामै रहेको बताए ।

उनले आधारभूत पूर्वाधारको अभावलाई क्रमशः समाधान गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै सेवा केन्द्रको नयाँ भवनले महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई न्याय र संरक्षणसम्बन्धी सेवा प्रदान गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समाराेहमा वीरगंज महानगरपालिकाका उप मेयर इमतियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधिश गायत्री प्रसाद रेग्मी, मेधश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गाेबिन्द थपलिया, पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, जिल्ला न्यायाधिवक्ता मनाेज प्रसाद गुप्ता, प्रहरी बरिष्ठ उपरीक्षकद्वय शान्तिराज काेइराला, भिम बहादुर दाहाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नेपाल पत्रकार महासंघका सचिव अशाेक तिवारी, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय (यूएनओपीएस) अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित “सुरक्षा तथा न्याय कार्यक्रम” अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिकको न्याय र संरक्षण सेवामा पहुँच सुदृढ गर्ने उद्देश्यसहित उक्त भवन निर्माण गरिएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...