Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

छपकैया पोखरी जोगाउने जफर सहित ४० जना सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२ मा अवस्थित ऐतिहासिक छपकैया पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरुल मिया (जफर) लगायतका अगुवाहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ।

वर्षौंदेखि भू–माफियाको अतिक्रमणको जोखिममा परेको करिब ४ बिघा क्षेत्रफलमा फैलिएको यस सार्वजनिक जलाशयलाई जोगाउन जफरुल मिया र उनको टोलीले निरन्तर कानुनी, सामाजिक तथा जनचेतनामूलक संघर्ष गर्दै आएका थिए ।

यस अभियानमा देखाएको साहस, प्रतिबद्धता र योगदानको कदर गर्दै महानगरपालिकाले आयोजित कार्यक्रममा जफरसहित अभियानमा सक्रिय करिब ४० जना स्थानीयलाई सम्मान गरिएको हो। कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले सम्मानपत्र प्रदान गर्दै सार्वजनिक सम्पत्ति संरक्षणमा उनीहरूको अग्रसरता समाजका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै जफरुल मियाले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै संघर्षको यात्रामा महानगरपालिकाबाट प्राप्त साथ र सहयोगप्रति धन्यवाद दिनुभयो। साथै, सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

यसअघि गत चैत १७ गते पर्सा जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गरेको ऐतिहासिक फैसलाले छपकैया पोखरीलाई भू–माफियाको कब्जाबाट मुक्त गरिदिएको थियो। अर्बौँ मूल्य बराबरको उक्त जलाशयमाथि भएको अवैध दाबी खारेज गर्दै अदालतले यसलाई सार्वजनिक सम्पत्तिको रूपमा कायम गरेको हो ।

यस निर्णयका लागि जफरुल मिया सहितको टोलीले एक दशकभन्दा बढी समय संघर्ष गरेको थियो। उनीहरूले २०३१ सालदेखिका नगर पञ्चायतका ठेक्का रसिद, बोर्ड बैठकका निर्णयहरू तथा अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू संकलन गरी अदालतमा प्रमाणका रूपमा पेश गरेका थिए, जसले पोखरीको सार्वजनिक हैसियत पुष्टि गर्न निर्णायक भूमिका खेलेको थियो ।

छपकैया पोखरी संरक्षण अभियानले केवल एउटा जलाशय जोगाएको मात्र नभई सार्वजनिक सम्पत्तिको रक्षा गर्न नागरिकस्तरबाट पनि प्रभावकारी पहल सम्भव हुने सशक्त सन्देश दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...