Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा २२ थान अवैध ईलेक्ट्रिक स्कुटर बरामद, मूल्य १७ लाख ३० हजार बराबर

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल नेपालले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको टोलीले जिल्लाका विभिन्न नाकाबाट ती स्कुटरहरू बरामद गरेको हो।

बरामद गरिएका स्कुटरमध्ये वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगंज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त स्कुटरहरू भन्सार छली गरी नेपाल भित्र्याउने क्रममा रहेका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ फरार भएका थिए। उनीहरूलाई खोजी कार्य जारी रहेको जनाइएको छ।

बरामद गरिएका करिब १७ लाख ३० हजार रुपैयाँ बराबरका ईलेक्ट्रिक स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...