Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा २० वर्षीया युवतीको आत्महत्या, वैवाहिक तनाव कारण हुन सक्ने आशंका

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरेकी छन्। रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ता (पवन कुमारी गुप्ता) को शव आइतबार बिहान फेला परेको हो।

प्रहरीका अनुसार आज बिहान आफ्नै कोठाभित्र पासो लगाएको अवस्थामा उनको शव फेला परेको हो। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् भने टिकटकमार्फत पनि चर्चित व्यक्तिका रूपमा चिनिन्थिन्।

प्रारम्भिक जानकारीअनुसार उनले आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह गरेकी थिइन् । पछिल्लो समय दुवैबीच वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको र श्रीमानले दोस्रो विवाहको तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको उनका नजिकका साथीहरूले बताएका छन्।

आत्महत्या गर्नु अघि उनले आफ्नो टिकटक आइडीमार्फत भिडियो पोस्ट गर्दै आफ्नो भावनात्मक पीडा व्यक्त गरेकी थिइन्।

घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...