Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

IEMIS सरभरमा समस्या, पर्साका विद्यालयका शिक्षक दैनिक कामकाजमै प्रभावित

spot_img
spot_img

सेढवा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले लागू गरेको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) को सरभरमा समस्या आएपछि पर्सा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू समस्यामा परेका छन्।

विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिसम्बन्धी सम्पूर्ण विवरण IEMIS मार्फत अद्यावधिक गर्नुपर्ने व्यवस्था रहे पनि चालु शैक्षिक सत्रको अन्तिम समयमा सरभरले काम नगर्दा शिक्षक तथा प्रधानाध्यापकहरूलाई दैनिक कामकाज गर्न कठिनाइ भएको गुनासो गरिएको छ।

जगरनाथपुर गाउँपालिका वडा नं. ३ स्थित श्री बाबा बैद्यनाथ माध्यमिक विद्यालय गढैयाका शिक्षक मोहन साहका अनुसार IEMIS नखुल्दा नियमित काम गर्न समस्या भइरहेको छ। उनले बिहान र बेलुका केही समय सरभर चल्ने भए पनि कार्यालय समयमा नै नचल्दा झन् तनाव हुने गरेको बताए।

त्यसैगरी ठोरी गाउँपालिका वडा नं. ५ मा रहेको साखुवाटी आधारभूत विद्यालय सुवर्णपुरका प्रधानाध्यापक अमृत श्रेष्ठले IEMIS मार्फत शिक्षक–कर्मचारीको तलब भत्ता माग गर्ने, विद्यार्थीको प्राप्ताङ्क इन्ट्री गर्ने तथा नतिजा प्रकाशन गर्ने जस्ता महत्वपूर्ण काम प्रभावित भएको बताए। बिहान–बेलुका काम गर्ने प्रयास गर्दा पनि शिक्षकहरू घरमा हुने भएकाले समन्वय गर्न कठिन हुने उनले उल्लेख गरे।

यता पटेर्वासुगौली गाउँपालिका का आईटी तथा शिक्षा अधिकृत सोलेन्द्र पञ्जियारले देशभरका सबै विद्यालयले एउटै सरभर प्रयोग गरिरहेका कारण प्रणालीमा समस्या देखिएको बताए। IEMIS कै आधारमा नतिजा प्रकाशन, विद्यार्थी स्थानान्तरण, छात्रवृत्ति वितरण तथा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएकाले सरभरलाई थप सुदृढ बनाउन आवश्यक रहेको उनले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...