Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

अख्तियारद्वारा राैतहट अदलत र प्रहरी वृत्तमा स्टिंग अपरेशन, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार प्रहरी वृत्त मालीगाउँ र राैतहट जिल्ला अदालतमा गरेकाे स्टिंग अपरेशनमा घुस/रिसवत लिएको आरोपमा दुई जना कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

आयोगका अनुसार प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने तथा मिलापत्र गराइदिने नाममा सेवाग्राहीसँग घुस माग गरी दुःख हैरानी दिएको उजुरी परेको थियो । सोही आधारमा टंगालबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नं. ०५ स्थित गहनापोखरीबाट रु. २० हजार घुस लिइसकेको अवस्थामा नगद रकम र मोबाइलसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंहले अदालतको फैसलाअनुसार जग्गा फुकुवा गराइदिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि गौर नगरपालिका स्थित अदालत परिसरबाट उनलाई रु. ५० हजार घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ।

दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...