Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाई मेलामा युवा समाजद्वारा पानी वितरण र स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजले प्रत्येक वर्षझैँ यस वर्ष पनि रामनवमीको अवसरमा लाग्ने कालिकामाई मेलामा पानी तथा प्रसाद वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

युवा समाजका अध्यक्ष आकाश चौरसियाले मेलामा आउने श्रद्धालु भक्तजनहरूको सेवाका लागि विगत चार वर्षदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवामा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कट्टिबलुवाका समाजसेवी युवा डब्लु साह गोढ ले करिब ७०० बोतल मिनरल वाटर सहयोग गर्नुभएको थियो । साथै स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँपालिकाको स्वास्थ्य शाखासँग सहकार्य गरिएको थियो भने अन्य व्यवस्थापन तथा प्रसाद वितरणमा संस्थाका युवाहरू सक्रिय रूपमा जुटेका थिए ।

युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतो का अनुसार कार्यक्रममा अध्यक्ष आकाश चौरसिया, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो, राकेश सरार्फ, रमेश चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, विनय चौरसिया, अफजल मियाँ, राजेश चौरसिया तथा स्वास्थ्यकर्मी धिरेन्द्र रेवानी, शैलेन्द्र चौरसिया लगायत समाजसेवी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...