Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

प्याब्सन वीरगंज–पर्साको संयुक्त होली मिलन भव्य रूपमा सम्पन्न

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा होली मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ। आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने होली पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी प्याब्सनिष्टहरूले निजी विद्यालयबीच समन्वय, सहकार्य र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त रूपमा अघि बढ्ने अठोट व्यक्त गरेका छन्।

- Advertisement -

वीरगंजस्थित सिद्धार्थ नेशनल स्कुल परिसरमा आयोजित समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षता रहेको थियो। दुवै अध्यक्षले एक–अर्कामा अबिर लगाएर होलीको शुभकामना साटासाट गर्दै निजी विद्यालयहरूबीच आपसी एकता अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

रंग, अबिर तथा शुभकामना आदान–प्रदानसँगै सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका अगुवाहरूले होली पर्वले आपसी सद्भाव र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनीहरूले निजी विद्यालयहरूबीच समन्वयात्मक ढंगले अघि बढेमा शैक्षिक गुणस्तर थप उकास्न सकिने धारणा राखे।

कार्यक्रममा प्याब्सन वीरगंजका प्रमुख सल्लाहकार आलोक चौरसिया, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन मधेशका उपाध्यक्षद्वय इमामुद्दिन अहमद र पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, सल्लाहकार मणि पाख्रिन तथा प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, पूर्व उपाध्यक्ष शिव गुप्ता, प्याब्सन वीरगंजका सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल तथा प्याब्सन आबद्ध विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापनपत्र, पर्सामा मोटरसाइकल र्‍याली

वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। सिआइबीका...

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पासवान...