Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

टिपरको ठक्करबाट महिला प्रहरीको मृत्यु, प्रहरी निरीक्षक घाइते

spot_img
spot_img

वीरगंज । जनकपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिला प्रहरीको मृत्यु भएको छ भने प्रहरी निरीक्षक घाइते भएका छन् । दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान चन्द्रकला कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय लेखा शाखाका प्रमुख प्रहरी निरीक्षक विजय कुमार यादवले चलाएको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो । माेटरसाइकलकाे पछाडी सवार चन्द्रकला ठक्करबाट गम्भिर घाइते भएकी थिइन । उनकाे उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरी निरीक्षक यादव घाइते भएका छन्।

जनकपुरकाे मुरली चोकबाट जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनापछि दुवै सवारी साधन र टिपर चालक सुनिल रविदासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको जनाएको छ। रविदास धनुषाको मिथिला नगरपालिका–२, आनन्दपुरका ३० वर्षीय निवासी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...