Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

वीरगंज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लागू

वीरगंज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार आज मिति २०८२।११।११ गते बिहान ९ः४५ बजे देखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।

- Advertisement -

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटलाई चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने उल्लेख गरिएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत १ गते...