वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको आयोजनामा केन्द्रीय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी, वीरगंज महानगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार तथा वडा नं. ३ का पूर्व वडा सदस्य एवं न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशी नेताहरूलाई केन्द्रीय उपमहासचिव योगेश भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। आयोजकका अनुसार उक्त प्रवेश कार्यक्रमले पार्टी संगठनलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा एमाले एकजुट भएर अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंगासान साह कलवारलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएका छन्।


