Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

जगरनाथपुरमा स्वास्थ्य सेवा इकाई उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३, खलुचढीमा सामुदायिक स्वास्थ्य सेवा इकाई (स्वास्थ्य चौकी) को गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले स्वास्थ्य चौकी उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी र गर्वको अनुभूति भएको बताउनुभयो।

स्वास्थ्य चौकी उद्घाटनसँगै आइतबार नै गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सामुदायिक स्वास्थ्य सेवा इकाई खलुचढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ (Gyno), फिजिसियनसहित दक्ष चिकित्सकहरूको टोली सहभागी रहेको थियो। शिविरबाट झण्डै २०० भन्दा बढी स्थानीय नागरिकहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट घरदैलोमै गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “खलुचढीमा स्वास्थ्य चौकी स्थापना हुनु स्थानीय नागरिकहरूका लागि ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।

वडा नं. ३ का वडा अध्यक्ष सुबास कुमार यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्री, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह लगायतको उपस्थिति रहेको थियो।

सामुदायिक स्वास्थ्य सेवा इकाई खलुचढीको कार्यालय समुद्घाटनको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल का ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...